हेटौडा,भाद्र- ४,मकवानपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले शुक्रबार दुईवटा वडामा स्वास्थ्य सामग्री वितरण गरेको छ । पल्पसा आइसोलेशन सेन्टर संचालन गर्दा खरिद गरिएका र सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु स्टक रहेकोले उक्त स्टक सहयोग गरिएको हो ।


हेटौंडा १२, पदमपोखरी र हेटौंडा १९, बस्तिपुरमा औषधी, पिपिई, अक्सिमिटर, साबुनसहितको स्वास्थ्य सामग्री वितरण गरिएको थियो । कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार तथा हेटौंडा नगरका उपप्रमुख मिना लामा, हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य बासु खतिवडा र व्यवसायी सरोज विडारीलगायतको टोलीले स्वास्थ्य सामग्री वितरण गरेको थियो । हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो । त्यसैगरी हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी र स्वास्थ्यकर्मीहरुहरुको उपस्थितिमा त्यहा“को सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।