मनोज यादव/ मलंगवा,भदौ —४,इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सर्लाहीका मुस्लिमले पनि (शुक्रवार) आज मनाएका छन् । उनिहरुले एकआपसमा लाठी, भाला, फरसा, तलवार तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाएका हुन ।
विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका बिभिन्न पालिकाहरुमा दाहा मेलाको आयोजना गरिएको हो । कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएका थिए ।प्रतियोगितामा विजयी हुने खेलाडीहरुको मनोवल बढाउन मेला आयोजकको तर्फबाट पुरस्कार समेत वितरण गरिएको छ ।
जिल्लाको सदरमुकाम मलंगवासहित सलेमपुर, गैर, फरहदवा (ढंगरा पुल) सुन्दरपुर, शिवनगर, ईश्वरपुर, बरहथवा लगायत मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका ठाउँमा दाहा मेलाको आयोजना गरिएको छ । यसवर्षको मेलामा शान्तिपुर्वक सम्पन्न भएको मुस्लिम अगुवाहरुले बताएका छन् ।