प्रतिकात्मक तस्विर ।

कृष्ण थपलिया / लालबन्दी,भाद्र २—सर्लाहीको लालबन्दी —१७,रानीगंज डाँडाटोलकी किशोरी प्रिंयका भुजेल हत्यको आसंकामा प्रहरीले २ युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले संलग्न रहेको आसंकामा सोहिठाउका १८ वर्षिय किसन साह र अन्दाजी १९ बर्ष को अनिष दाहललाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई संका लागि नियन्त्रणमा लिई सोधपुछ गर्दा उनिहरुले कालिन्जोर पुल देखि अं. २०० मिटर दक्षिण तर्फ कालिन्जोर खोलाको छेउमा लास गाडेको छ भनि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले उनिहरुलाई साथमा लिई मृतकको बुवा, आफन्त, भद्र– भलादमी तथा स्थानियसमेत गई हेर्दा लासको पहिचान भई सनाखत भएको लिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उल्लेख छ ।


रानीगंज डाँडाटोलका राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल साउन ३१ गते रातीबाट बेपत्ता भएकी थिईन । मध्यरातमा छोरी बेपत्ता भएको भन्दै उनको परिवारले साउन ३२ गते ईलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए । प्रिंयका मंगलवार राती मृत भेटिए पछि उनका परिरवार र आफन्तले बुधावार मध्यन्ह १२ बजेबाट पूर्व पश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । किशोरीको बलात्कार पछि हत्या भएको दाबीगर्दै मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै चक्का जाम गरेका थिए । आक्रोशित स्थानीयले मध्यान्ह १२ बजेबाट ईलकका प्रहरी कार्यालय लालबन्दी अगाडि नाराबाजीसहित टायर बालेर राजमार्गमा अवरोध गरिरहेका थिए ।मृतकका आफन्तले किशोरीको बलात्कार पछि हत्या गरेको भन्दै प्रक्राउ परेका दुई युवा विरुद्ध किटानी जाहेरी गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।