लालबन्दी भदौ २ सर्लाहीको लालबन्दी–१७, रानीगंजमा तीन दिन देखी बेपत्ता युवती मंगलवार राती मृत भेटिए पछि उनका परिरवार र आफन्तले बुधावार मध्यन्ह १२ बजे बाट गरेको पूर्व पश्चिमम राजमार्गको चक्काजाम २ घण्टा पछि खुलेको छ ।
किशोरीको बलत्कार पछि हत्या भएको दावीगर्दै मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै चक्का जाम गरेका थिए । आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट ईलकका प्रहरी कार्यालय अगाडि नाराबाजीसहित टायर बालेर राजमार्गमा अवरोध गरिरहेका थिए ।
साउन ३१ गते रातीदेखि बेपत्ता भएकी रानीगंज डाँडाटोलका राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राती मृत भेटिएकी थिईन । मृतक युवतीको शव घर भन्दा करिब ३ किलोमिटर उत्तर पश्चिम कालिन्जोर खोलाको मोडिमा भेटिएको थियो ।
युवती मृत्युको घट्ना शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ । यस सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।v