लालबन्दी,भाद्र २– लालबन्दी ६ कालिन्जोर खोलामा एक युवतीको शव फेला परेको छ । मंगलवार राती युवतीको शव लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो । मृतक युवती साउन ३१ गते रातीदेखि बेपत्ता भएकीथिईन । उनि लालबन्दी नगरपालिका–१७, डाँडाटोलका राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल रहेको प्रहरीले जनाएको छ । गएराती घरबाट करिव ३ किलोमिटर उत्तर पश्चिम लालबन्दी नगरपालिका वडा नं.६, स्थित कालिन्जोर खोलाको घुम्तिमा स्थानीयले शव फेला परेका थिए ।

युवतीको शव फेलापरेपछि उनिहहरुले लालबन्दी प्रहरीलाई खबर गरेका थिए । खबर पाउननासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक युवतीको शव पोष्टमार्टमका लागि गएराती नै जिल्ला अस्पताल मलंगवा पठाएको छ ।
उनको मृत्युको कारण अझै खुलिनसकेको प्रहरीले जनाएको छ । साउन ३१ गते मध्यरातमा छोरी बेपत्ता भएको भन्दै उनको परिवारले साउन ३२ गते ईलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए । चियोचर्चो खबरसंग कुरा गर्दै सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले घटनाको सम्वन्धमा गम्भिर ढंगले अनुसन्धान अघि बढाईएको र चडै तथ्य सर्वाजनिक गरिने बताए ।