मलंगवा,साउन ३१— मित्र राष्ट्र भारतको ७५ औ स्वतन्त्रता दिवस अवसरमा नेपाल भारत मैत्री संघ शाखा सर्लाहीले जिल्ला सदरमुकाम मलंगवामा एक कार्यक्रम सम्पन्न गरेको छ । आइतवार (आज) मलंगवा नगरपालिका वडा न–८ स्थित बालमन्दिरको सभा हलमा भारतको ७५ औं स्वतन्त्रता दिवस मनाईएको हो ।
कर्यक्रमका वक्ताहरुले बन्द सीमाका कारण यहाँका नागरिकको जनजीवन कष्टकर भएको बताए । उनिहरुले यसलाई सहज बनाउन दुवै देशका सीमावर्ती क्षेत्रका सांसदको महत्वपूर्ण भुमिका हुनुपर्ने तर्कगरे । वक्ताहरुले सीमा बन्द रहदा यसक्षेत्रका नागरिकले सास्ती खेप्नुपरेको भएपनि सरोकारवालाहरु मौन प्राय: रहेको भन्दै रोष प्रकट गरेका नागरिक समाज महासचिव शिवचन्द्र चौधरी बताए ।

संघका जिल्ला अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षता तथा नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कवि सिंधेश्वर सिंहले आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रमको सुभारम्भमा दुबै देशको राष्ट्र गीत बजाइएको थियो ।
कार्यक्रममा नेपाल भारत मैत्री संघका उपसभापति रामानन्द मिश्र,संघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद कर्ण,राजश्री को–आपरेटिभ सोसाइटी मलंगवाका महाप्रबन्धक राम लक्षण राय,पुर्व प्राधानाध्यापक रमेशलाल कर्ण,नागरिक समाजका अध्यक्ष उग्रकांत झा,नागरिक समाज महासचिव शिवचन्द्र चौधरी ,नारायण जोशी सञ्चारकर्मी लगायतहरुको उपस्थि रहेको आयोजकले जनाएको छ ।