मनोज यादव/मलंगवा ,साउन ३०—सर्लाही सदरमुकाम मलंगवामा पहिलोपटक एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिसको समस्याबाट पिडित एक महिलाको मलंगवामा रहेको सर्लाही मेडिकेयर हस्पिटलका वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साहले सफलतापूर्वक शल्यक्रिया गरि ज्यान बचाएका छन् ।
गत साउन २५ गते स्थानीय कमलेश यादवकी श्रीमती २६ वर्षीया अर्चना यादवको डा.साह र उनका मेडिकल टिमले एपेन्डिक्सको अपरेशन गरेका हुन् । श्रीमती बिरामी भएपछि मलंगवाकै एक अस्पतालमा जचाउदा अपरेशन गर्नुपर्ने सल्हा पाएको र यसका लागि बाहिर लानुपर्छ भन्ने जवाफ आए पछि निराश भइसकेको आफुलाई साथीहरुको सल्लाह अनुसार मलंगवामै उपचार गारएको र सफल पनि भएको अर्चनाका पति कमलेश यादवले बताए ।
आफ्नाे श्रीमतीको सर्लाही मेडिकेयरका डा. साहले सफलतापूर्वक अपरेशन गरेर ज्यान बचाइ दिएको भन्दै विशेषज्ञ डाक्टर सहित उक्त हस्पिटलमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । बाहिर लगेको भए समयको साथसाथै लाखौं रुपैयाँ खर्च हुने थियो ।मलंगवामै एपेन्डिक्सको अपरेशन भएपछि समय र पैसाको बचत भएको मा उनले खुसी व्यक्त गरे ।
प्रदेश न–२ अन्तर्गत पर्ने अन्य जिल्लाहरुको तुलनामा सर्लाहीको मलंगवा जटिल मात्र नभइ सामान्य रोगको उपचारका लागि पनि पछाडि परेको ठाउँ हो ।यस जिल्लाका बिरामीहरु उपचारका लागि छिमेकी देश भारतको सितामढी, दरभंगा,पटना , दिल्ली लगायतका ठाउँमा जाने गर्छन । नेपालमै जानुपर्दा जनकपुर , बिरगंज ,धरान, भरतपुर र काठमाडौं जाने गरेका छन् ।मलंगवामा संचालित केही प्राइभेट अस्पतालमा सामान्य रोगको उपचारको साथै केही समयदेखि सिजरियन सेक्सन (पेट चिरेर बच्चाको डेलीभरी गर्ने शल्यक्रिया) भए पनि अरु अपरेसन भएका थिएनन् ।तर सर्लाही मेडिकेयर हस्पिटलले पहिलोपटक यस किसिमको जटिल अपरेशन गरेर अब जटिल रोगको उपचार र अपरेशनको लागि ठुला शहरमा गएर आर्थिक भार खेप्नु पर्ने अवस्थाको अन्त्य गरेको छ । थाह पाएको केही समयभित्रै गर्नु पर्ने अपरेशन बाहिर लादा आर्थिक अवस्था कमजोर भएकाहरुको लागि त्यती सजिलो भने छैन् । अस्पताल अझै व्यवस्थित र प्रयाप्त जनशक्तिकासाथ अघि बढ्न सके यसक्षेत्रका नागरिकका लागि बरदान नै सावित हुने स्थानीय बताउछन् ।
जिल्लाको सदरमुकाम भएर पनि मलंगवामा एकजना पनि सर्जन डाक्टर र बालरोग विशेषज्ञ डाक्टर नरहेको अवस्थामा यस अस्पतालले कुनैपनि किसिमको जटिल रोगको अपरेशनका लागि वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साह र जन्म देखि १६ वर्षसम्मको बच्चाको सम्पूर्ण रोगको उपचारको लागि वरिष्ट नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रबिन कुमार चौधरी लाई लिएर भर्खरै स्थापना भएको हो । हस्पिटलले छोटो समयमै राम्रो उपचार सेवा र सुविधा प्रदान गरेर नाम कमाउन सफल भएको स्थानीय बताउछन् ।
डक्टर सहका अनुसार हस्पिटलले बिरामीहरुको लागि २४ सै घण्टा इमर्जेन्सी ,फार्मेसी,प्याथोलोजीको साथै जनरल वार्ड र बच्चाको लागि उच्च निर्भरत एकाई (एन.आई .सि.यू.) को समेत सुविधा उपलब्ध गराएको छ । हस्पिटलमा एपेन्डिक्स , बाबाशिर ,फिस्टुला,हर्निया,हाइड्रोसिल,पिसाबको समस्या ,कुनै किसिमको घाउ,पोलेको घाउ, गिल्ठी,शिष्ट ,पेट दुख्नु, स्तनको समस्या र एक्सिडेन्टल केशको उपचार हुँदै आएको डा.साहले भनाई छ ।साथै अडियोलोजिस्ट रश्मी रंजन द्वारा कान कम सुन्ने र नबोल्नेहरुको समेत उपचार गरिदैं आएको डा.साहले बताए ।महिनाको प्रत्येक सनिवार औषधि बाहेक निशुल्क ओपिडी सेवा दिंदै आएको हस्पिटलले गरिब तथा विपन्नहरुको सम्पूर्ण उपचार खर्चमा ५० प्रतिशत छुट दिदैं डाक्टर साहले बताए ।
विस्तारै हरेक रोगको विशेषज्ञ डाक्टर ल्याउने आफुहरुको लक्ष्य रहेको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाको समस्या समाधान भई अवस्था सामान्य भएपछि गरिब तथा दलित समुदायको बसोबास रहेको सर्लाहीका गाउँ ÷टोलमा निः शुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको डाक्टर साहले बताए ।