गाउँपालिका अध्यक्ष किसुनदेव रायले नवनिर्मित भवनको उद्घाटन गर्द

सर्लाही, २९ साउन । सर्लाहीको पर्सा गाउँपालिका कार्यालय संचालनको लागि निर्माण गरिएको भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
शुक्रवार (आज ) एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किसुनदेव रायले नवनिर्मित भवनको उद्घाटन गरेका हुन । साविक पर्सा गाउँपालिकाको कार्यालय रहेको दुई कोठे भवन तथा भाडाको घरमा हाल गाउँपालिकाको कार्यालय संचालन हुँदै आएको थियो ।


उपभोक्ता समिति मार्फत अठासी लाखको लागतमा उक्त दुई तल्ले भवनको निर्माण कार्य सम्पन्न गरिएको हो । भवनको एउटा तल्लामा आठ ओटा कोठा र शौचालय रहेको छ भने ग्राउण्ड फ्लोर तरकारी बजारको लागि खुल्ला छोडिएको छ । त्यस्तै चालु आर्थिक वर्षमा तेश्रो तल्ला निर्माण गरिने पर्सा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिए ।