लालबनदी,साउन २९— टिफरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको पछि पौने ५ घण्टादेखी अवरुद्ध पूर्व पश्चिम राजमार्ग भर्खरै खुलेको छ ।
आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजार क्षेत्रमा साँढे २ बजे देखी आवरो गरेका थिए । क्षतिपूर्ति र राहतलागाएतका विषयमा छलफल गर्न भोलि (शनिवार) पिडीत पक्ष र टिफर धनिलाई छलफलमा बोलाउने सहमती पछि, केहिवेर अघिबाट राजमार्ग सुचारु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले चियोचर्चो खबरलाई जानकारी दिए । प्रहरी निरीक्षक थापाका आनुसार चालकलाई नियन्त्रणमा लिइसकिएकाले आजैबाट अनुसन्धा प्रकृया थालिने छ । भोली शनिवार परेकाले अदालतबाट म्याद थप्न नमिल्ने भएकाले म्यादथपको प्रकृयाको लागि पर्सि अर्थात आईतवारमात्र प्रकृया अघि बढ्ने छ ।
शुक्रवार दिउसो टिफरको ठक्करबाट लालबन्दी नगरपालिका–२ निवासी ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो । मृतक महतोलाई नवलपुर बजार स्थित सर्लाही लाईफलाईन अस्पतालन नजिक पूर्व–पश्चिम राजमार्गमा साईकलको पछाडी बोकेको घाँसमा टिफरले ठक्कर दिएको थियो । ठक्करबाट अनियन्त्रित भई महतो राजमार्गमा लडेको र टिफरको पछाडीको चक्काले किचेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार दिउँसो साँढे २ बजे पूर्वबाट पश्चिमतर्फ गईरहेको ना. ७ ख ८२९३ नम्बरको टिफरले सोही दिशाबाट साईकलमा घाँस बोकेर आईरहेका महतोलाई ठक्कर दिएको थियो ।
महतोको मृत्यु पछि आक्रोशित स्थानीयले टिफरलाई नियन्त्रणमा लिएर तोडफोड एवं आगजनीको प्रयास गरेपछि स्थिती तनावग्रसत भएको हो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । भिड अनियन्त्रित भएपछि ४ सेल अश्रुग्याँसनै प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । राजमार्ग अवरोधमा स्थानीय महिलाहरुको भिड भएकाले बल प्रयोग गरेर अवरोध हटाउन समस्या भईरहेको थियो ।
लालबन्दीका मेयर मानबहादुर खड्का स्थानीय बुद्धिजीवीलगायतको उपस्थितीमा पीडित पक्ष र सहित स्थानीयसँग छलफल गरेर अवरोध हटाउने प्रयास गरेका थिए । स्थानीयको अवरोध पछि प्रहरीले पूर्वबाट पश्चिम गईरहेका सवारी साधन बागवानी र पश्चिमबाट पूर्व आईरहेका सवारी साधनलाई हरिवनमा रोकेर राखेका थिए ।