पत्रकार भेटघाटमा बोल्दै,पूर्व अर्थमन्त्री पाण्डे । तस्बिर : चियोचर्चो खबर ।

कृष्ण थपलिया
बागमती,साउन २९—संसदबाट एमसीसी पास हुने आसंकामा जनस्तरबाट यसको बिरोध भईरहँदा पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका स्थाईकमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसीसीको बिषयमा अहिले कुनै किसिमको छलफलनै नभएकाले हल्लाको पछि लाग्नुको अर्थ नहुने बताएका छन् ।
उनले नेपालमा आउने जुनसुकै सहयोगमा दातासंग कुनैनकुनै सम्झौता हुने गरेको बताउदै एमसीसी सदनबाट अनुमाेदनका लागि लाने प्रस्ताव नै गलत रहेकाे तर्क गरे । बिगतमा एमसीसी भन्दा ठुलाठुला सहयोगका परियोजना सरकार आफैले स्विकारेको उनको भनाई छ । एसीसीको सम्बन्धमा पनि सर्तका बुंदाहरु केलाएर देशको हित बिपरितका हुने बुंदाहरु हटाई सम्झौता गर्नु पर्ने नेता पाण्डेको भनाई छ ।


सर्लाहीको बागामतीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले यस्तो तर्क गरेका हुन ।
तत्कालीन नेकपा एलाले स्वयंले ल्याएको बृद्ध भत्ता वितरण कार्यक्रम प्रति टिप्पणी गर्दै सस्तो लोकप्रियताको लागि यस्ता कार्यक्रम ल्याईए यसले देशको अर्थतन्त्रमा नकारात्क प्रभाव पर्ने बताए । उनले अव पनि रोजगार मुलक कर्याक्रमहरु नल्याई यस्ता वितरणमुखी कार्यक्रम मात्र ल्याईए निकट भविश्यमा कर्मचारीले तलव भत्ता समेत खान नपाउने दिन आउने भएकाले यस तर्फ सजक रहनुपर्नेमा जोड दिए । अहिले देशको व्यापार घाटा उच्च बिन्दुमा पुगेको बताउदै नेता पाण्डेले यसलाई कम गर्न उत्पान मुखि कार्यक्रममा जोड दिनुपर्ने बताए ।
नेता पाण्डेले नेकपा एमाले अहिले गम्भिर क्षणमा रहेको बताए । आफुहरु एकतालाई बचाउन अन्तिम प्रयासमा रहेको उनले बताए । १० बुंदे सम्झौतालाई टेकेर अघि बढ्न सके पार्टीभित्र अहिले देखिएको बिवादको अन्त्यहुने उनको तर्क छ ।