चेम्बर पदाधिकारीहरु ।

हरिवन,साउन २८ – सर्लाहीको हरिवनमा बसेको नेपाल चेम्बर अफ कमर्शको बैठकले प्रदेश स्तरीय कमिटी विस्तार गरेको छ । कैलाशपुरी वन बाटिकामा बिहिवार (आज) चेम्बर प्रदेश नं. २ का अध्यक्ष पवन ठाकुरको अध्यक्षतामा बसेको चेम्बरको जिल्ला तथा स्थानीय तहमा गठित कमिटीका पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीलाई विस्तार गरेको हो ।

विस्तार पछि चेम्बरको प्रदेश कमिटी १४ सदस्यीय भएको छ । जसमा ५ जना सदस्य पछि मनोनित हुने छन् । बैठकमा नेपाल
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीलगाएत अन्य सञ्चारकर्मीकाे पनि उपस्थिति रहेकाे थियाे । कमिटीमा हरिवनबाट कृष्णजंग कार्की (निराजन) वरिष्ठ उपाध्यक्ष, टोपराज लुईटेल सचिव र दिनेश ओमपोते सदस्यमा चयन भएका छन् । यस्तै, कमिटीमा अन्य जिल्लाहरुबाट उपाध्यक्षमा रामशंकर साह र सीता केसी, महासचिवमा शंकर प्रसाद साह, सचिवमा राजेश पाठक, कोषाध्यक्षमा सन्जिव साह, सहकोषाध्यक्षमा मनोज ठाकुर चुनिएका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष कृष्णजंग कार्की (निराजन) ले चियोचर्चो खबरलाई जानकारी दिए ।नेपाल चेम्बर अफ कमर्सले उद्योगी, व्यवसायीहरुको हितका लागि आवाज उठाउँदै आएको छ ।