नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ ।

काठमाण्डौ,साउन २७ – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आम नागरिकको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन् । उनले नेपालको ऊर्जा क्षेत्रलाई अझ उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुधवार ( आज ) प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका निर्देशक घिसिङले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्तगरे ।
कार्यकारी निर्देशक घिसिङले पदभार ग्रहण गरेलगत्तै प्राधिकरणको कामलाई नागरिकको अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न आफु मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको बताए ।
आफुले अघिल्लो कार्यकालमा लोडशेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर बताउदै, यस पटक त्यति खेरको भन्दा ठूलो चुनौती भए पनि त्यसलाई स्वीकार गरेर अघि बढ्ने बताउदै यसको लागि सबै मिलेर काम गर्न सके नागरिक र देशको अपेक्षा पूरा हुर्ने विश्वास व्यक्त गरे ।