मनोज यादव / गोडैता,साउन २७—सर्लाहीको गोडैता नगरपालिकामा स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७/०७८ को स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठीको सम्पन्न भएको हो ।
गोष्ठी उद्घाटन गर्दै नगर प्रमुख (मेयर) देवेन्द्र कुमार यादवयादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने नगर भित्रका स्वास्थ्य चौकी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । नगर प्रमुख यादवले कोभिड महाव्याधिको विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गरेको भन्दै , स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिएका हुन् । सो गोष्ठी मार्फत १२ वटै वडाबाट आन्तरिक मुल्यांकनको आधारमा उत्कृष्ट भएर छानिएका तीनवटा वडा स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ ।

गोडैता नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितका अनुसार सम्मानितहुनेमा क्रमश : सिसौटिया ,बगदह र गोडैता स्वास्थ्य चौकी रहेका छन् । स्वास्थ्य चौकी प्रमुखहरुलाई प्रमुख अतिथि प्रदेश स्वास्थ्य निर्देशक झाले नगदसहित कदरपत्रद्वारा सम्मानित गरेका थिए ।
गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस नगरपालिकालाई जिल्लाकै नमुना स्वास्थ्य नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा प्रदेश न–२ अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक बिजय झाको प्रमुख आतिथ्यतामा मंगलवारबाट सुरुभएको उक्त गोष्ठी बुधवार सम्पन्न भएको थियो । गोष्ठीमा सहभागी नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले आआफ्नो वडामा भए गरेको स्वास्थ्य सेवा र त्यसको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
गोडैता नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न भएको समीक्षा गोष्ठीमा विशिष्ट अतिथि नगर उपप्रमुख अंजना कुशवाहा, स्वास्थ्य कार्यालय सर्लाही प्रमुख डा.नवल किशोर झा लगायत सेभ द चिल्ड्रेनका परमनन्द मण्डल र उनकोे टिम,युनिसेफ जनकपुरका बेकी प्रसाईं ,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।