भेलालाई सम्वोधन गर्दै,पूर्व मन्त्री प्रभु साह ।

ईश्वरपुर,साउन २७ –सर्लाहीको ईश्वरपुरमा वधुवार (आज) आईटी आर्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आईटी आर्मीका केन्द्रीय संयोजक चन्द्रभुषण साहको अध्यक्षता तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।


बढ्दो भ्रष्टाचार र बेथितीका विरुद्ध खबरदारी गर्ने उद्देश्यले भेला गरिएको आइटी आर्मीका सर्लाही जिल्ला संयोजक बलराम खड्काले बताए । भेलालाई यस अधिनै नेकपा एमाले केपी ओली समुहका अध्यक्ष राजनारायण साहले प्रेस विज्ञप्ति मार्फत अधिकारीक कनभएको दाबिगरेका थिए ।
यद्यपि नेता प्रभु साह ओली समूहका नेता मानिन्छन् ,उनि भर्खरै नेकपा माओवादी (केन्द्र) छाडेर एमालेबाट पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्रीमा नियुक्त भएका थिए ।