चौलिखा,साउन २६– सर्लाहीको ईश्वरपुर नगरपालिका–१,चौलिखा बजारमा रहेको हार्डवेयर पसलमा गए राती आगलागी भएको छ । स्थानीय व्यापारी सन्जय साह (सुँढी)ले संचालन गरेको हार्डवेयर पसलमा आगलागी हुदाँ मोटरसाईकल लगाएत अन्य समानहरु जलेका छन् । इनामेल पेन्टलगाएत हार्डवेयरका सामानहरू जल्दा करिव ४० लाख मूल्य बराबरकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । घटना कसरी भयो भन्ने एकिन नभएपनि पसलमा कसैले आगजनी गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । प्रहरी,बारूण यन्त्र र स्थानीयकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे ।