लालबन्दी नगरपालिका–३, जब्दीमा रहेको मनपुरन जनता आधारभूत विद्यालयका छात्राहरुलाई आईतवार (आज) साइकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत सम्र्पूण छात्राहरुलाई एक÷एक थान साइकल वितरण गरिएको हो ।
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार चौधरीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा छात्राहरुलाई प्रदेश सरकारले उपलब्ध गराएको साइकल हस्तान्तरण गरिएको विद्यालयका शिक्षक कृष्ण धमलाले जानकारी दिनुभयो ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का, लालबन्दी–३ का वडाध्यक्ष राम नारायण चौधरी, विद्यालयका प्रधानाध्यापक शेष नारायण चौधरी,अन्य शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।