गाउँपालिका अध्यक्ष महतो । तस्विर :चियोचर्चो खबर ।

मनोज यादव/ चन्द्रनगर,साउन २४ —चन्द्रनगर गाउपालिकाको विकासका लागि इमान्दारी पुर्वक काम गर्दा पनि आफुलाई अनियमितता गरेको झुठा आरोप लगाईएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताएका छन् ।
आफुले गाउँपालिकाको चौतर्फी विकास गरेको भए पनि बदनाम गर्ने कार्य भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोको गुनासो छ ।

आ.व. २०७७/०७८ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चन्द्रनगर गाउपालिका वार्ड नं. १ स्थित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्य गर्नको लागि स्वीकृत योजना अनुसार काम भएको अध्यक्ष महतोको तर्क छ ।
आफुले उक्त योजना गाउँ भेलाबाट उपभोक्ता समिति गठन गरि रामवृक्षको घर देखि बेचन पासवानको घर हुदै भैसियाही खोला सम्मको सडकलाई स्थानीय सरकारको निर्देशिका र मापदण्द अनुसार सडक सुधारको कार्य सम्पन्न गरेको अध्यक्ष महतोले बताए ।
केहि गलत मानसिकता भएका व्यक्तिहरुको निजी स्वार्थ पुर्ती नहुदा राम्रो कामलाई नराम्रो बताएर बदनियत पुर्ण तरिकाले गाउँपालिका कार्यालयलाई मिडिया मार्फत बदनाम गर्ने प्रयास भएको अध्यक्ष महतोले चियोचर्चो खबरलाई बताए ।

मिडिया मार्फ भएको गलत प्रचार प्रति हाम्रो गंम्भिर ध्यानाकर्षण भएको छ ; ‘गाउँपालिका अध्यक्ष महतोले भने; ।
गाउँपालिकाको प्रतिकृया बिना एकतर्फी समाचार बनाईएको प्रति अध्यक्ष महतोको आपत्ती छ । जुन सडकमा योजना अनुसार काम भएको छ, त्यस सडकलाइ नदेखाई गलत तरिकाले खाल्टो भएको सडकलाई आधार बनाई समाचार सम्प्रेषण गरि गाउँपालिकालाई बदनाम गर्ने नियतले मिडिया बाजी गर्नेलाई कानुनी दायरामा ल्याईने कार्यालयले जनाएको छ ।

१६ लाख ७७ हजार जनसहभागिता सहित रकममा रामवृक्षको घर देखि भैसियाही सम्मको सडकको नै स्तरोन्नती तथा मर्मत संम्भारको कार्यमा भएको र कहीं कुनै किसिमको अनियमितता नभएको अध्यक्ष महतोले जिकिर गरे । गाउँपालिकाका सबै जनताहरुलाई यस्ता भ्रामक समाचारको पछाडी नलाग्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।