काठमाडौं,साउन २३— माध्यमिक परीक्षा (एसईई) २०७७ को नतिजा प्रकाशन भएको छ । कोरोना महाव्याधिका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गराउन नसकिए पछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो । विद्यालयले दिएको अंकलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न आवश्यक नठानेकाले जीपीएमा हेरफेर नगरि नतिजा प्रकाशन गरिएको हो । विद्यार्थीले आफ्नो नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छन् । त्यस्तै नतिजाका लागि बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।अन्य माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।