कृष्ण थपलिया / मलंगवा,साउन २२— प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआजी) उमेश रन्जितकारले सीमामा रहेका प्रहरी लाई जिम्मेवार हुनुपर्ने बतएका छन् । शुक्रवार (आज) बिहान ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ त्रिभुवन नगरमा प्रहरी चौकी भवन उद्घाटन गर्ने क्रममा बोल्दै डिआजी रन्जितकारले सीमा क्षेत्रमा अपराध, चोरी निकासी बढी हुने भएकाले आफ्नो मातहतका प्रहरीलाई थप जिम्मेबार भइ काम गर्न निर्देशन दिएका हुन । भारतीय बजारसँग सीमा जोडिएको र दिनहुँ अवैध ढंगले सामान ओसार पसार हुने भएका जिम्मेवार भएर काम गर्न आग्रह गरे । न्युन स्रोत साधनका बावजुत उच्च मनोबलका साथ नेपाल प्रहरीले कार्य गर्दै आएको बताउदै, भवन निर्माण पछि कार्यसम्पादनमा सहज हुने बिस्वास व्यक्त गरे ।
कार्यक्रमा बोल्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सुन्दर भवनबाट अत्यन्त सुन्दर सेवा प्रवाह हुने विस्वा व्यक्त गरे । प्रजिअ महतोले अपराध नियन्त्रण गर्न प्रहरीको प्रयासले मात्र नहुने भएकाले सूचना प्रविधिको बिकास आवस्यक रहेको बताए ।
ब्रहम्पुरी गाउँपालिकाकी उपाध्यक्ष गिता देवी यादवले आफ्नो गाउँपालिकामा महिला हिंसाको घट्ना बढि रहेकाले यसको न्यूनिकरणको लागि महिला प्रहरी थपिदिन आग्रह गरिन् ।
महिला प्रहरी साथमा हुदाँ आफूलाई काम गर्न सजिलो उनको तर्क छ । सीमा नाका भएका कारण २०३८ सालमै उक्त ठाउँमा प्रहरी चौकीको स्थापना गरिएको थियो ।पुरानो भवन जिर्ण भएर भत्केपछि प्रहरीहरुले छेउकै निजी घरबाट दुई वर्षदेखि सेवा प्रबाह गर्दैआएको थियो । २ करोड ३५ लालखको लागतमा नयाँ भवनको निर्माण सम्पन्न गरिएको छ । करिव १४—१५ महिनामा निर्माण सम्पन्न भवनको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआजी) उमेश रन्जितकारले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । जीर्ण भनव भत्केपछि हाल निर्माण सम्पन्न भएको भवनको वि.स.२०७६ साल जेठ ६ गते शिलान्यास गरिएको थियो ।
बेलायती संस्था डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआइडी) को आर्थिक सहयोग, युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिस काठमाडौँ (युएनओपीएस) अन्तर्गत मोर्डनाइजेसन एण्ड इमप्रुभ्मेन्ट अफ पुलिस प्रोजेक्ट (एमआइपीपी) को सहयोगमा भवनको निर्माण गरिएको हो । नवनिर्मित भवनमा ११ कोठा, मेश, बाथरुम र अपाङ्ग मैत्री शौचालय निर्माण गरिएको छ ।