लालबनदी,साउन २१—संसदबाट एमसिसि पास हुने आसंकामा देशभर यसको बिरोध हुन थालेको छ । सर्लाहीको लालबन्दीमा पनि बिहिवार (आज) यसको खारेजीको माग गर्दै राष्ट्रिय शक्ति नेपालले र्याली निकालेको छ ।
मध्यान्न १२ बजे लालबन्दी नगरपालिका–७ स्थित साझा संस्था अगाडीबाट सुरु भएको र्याली लालबन्दीको डुमडुमे मन्दीर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा एमसिसि खारेज गर्न माग गरिएको थियो । कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा आबद्ध सिराह, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको आयोजका संस्थाका केन्द्रीय प्रतिनिधि एवम् पत्रकार रोहित प्रसाद पौडेलले बताए ।
कार्यक्रममा एमसिसि खारेज गर, विदेशी हस्तक्षेप बन्द गर, एमसिसि चाहिदैँन, देश बेच्न पाईदैनलगायतका नारा लगाउँदै प्रदर्शन गरिएको थियो । कार्यक्रममा आयोजक समूहकी केन्द्रीय प्रतिनिधि अन्जु थपलिया, रोहित पौडेल शम्भु चौरसीया, पूर्व सभासद्र भानु ,महोत्तरी जिल्ला अध्यक्ष प्रकाश चन्द भट्ट, निर्मला बराल, जिल्ला सचिव केशव महत लगायतको सहभागिता रहेको थियो ।