लालबन्दी,साउन २०—लालबन्दी नगरपालीकाकी उपमेयर शान्ति लामाले मानिसलाई स्वस्थ रहन शारीरिक व्यायामको महत्वपूर्ण भुमिका रहने भएकाले नृत्यको माध्यमले मानिसलाई स्वस्थ राख्न सकिने बाताएकी छन् ।
लालबन्दी ९ मा बुधवार (आज) असंथुपिका कलाकेन्द्रको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि उपमेयर लामाले यस्तो बताएकी हुन् । खेलकुद, शरीरिक व्यायामले जस्तै नृत्यले मानिसलाई स्वस्थ हुन मद्दत गर्ने भएकाले यसको बिकासमा आफ्नो साथ र सहयोग रहने बताईन्
कलाकेन्द्रका प्रमुख संजय बलमपाकी मगरले यस क्षेत्रको बिकासको लागि सवैको सहयोक आवश्यक रहेको बताए ।
कार्यक्रममा समाजसेवी गोविन्द महत, उद्योग वाणिज्य संघका महासचिव दिपेन्द्र बलमपाकी मगर सामाजिक अभियन्ता निशान थापा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सर्मिला रमौलीले गरेकी थिईन् ।