सर्लाहीको बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिका जोड्ने बागमती नदीमा बनेको पक्की पुल । तस्बिर : चियोचर्चो खबर ।

सर्लाही, साउन १९—सर्लाहीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिका जोड्ने बागमती खोलाको पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेपछि त्यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।
वर्षौ देखि डुंगा चढेर खोला वारपार गर्नुपर्ने बाध्यतामा रहेका आफुहरुलाई संघिय सरकारले २९ करोडको लागतमा साँढे सात सय मिटर लामो पक्की पुल निर्माण गरिदिए पछि हर्षको सञ्चार भएको दुवै जिल्लाका स्थानीयले बताएका छन् ।
बरहथवा–१५ पिप्राभित्ता र रौतहटको गढिमाई नगरपालिका–१ समनपुर जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट अहिले त्यस आसपासका किसान तथा अन्य सामाग्रीको ओसारपसार गर्ने मानिसहरु सवारी साधन लिएर ओहोरदोहोर गरेको देख्न सकिन्छ ।ठूलो क्षेत्रफलमा फिँजिएर खोला बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारीपारी रहेको खेतबारीमा काम गर्नका लागि जान तथा अन्य प्रयोजनाका लागि खोला तर्न सहज भएको बरहथवा नगरपालिका–२ का महेश बरालले बताए ।
‘उनका अनुसार पुल नबन्दा बर्षायाममा बाढी आउदा १५ मिनेटको बाटो ३ घण्टा लागाएर तय गर्नु पर्ने बाध्यता थियो । अन्य समयमा खोला वारपार गर्नलाइ त्यहाँ डुंगा सञ्चालन गर्ने माझिले एकजना मान्छेको ५० र मोटरसाइकलको १ सय रुपैया सम्म लिनेगरेका स्थानीय बताउछन् । अहिले पुल बनेपछि समयको बचत हुनुकासाथै पैसाको पनि बचत भएको स्थानीय बताउछन् । अति आवश्यक स्थानमा पुल बनेपछि आफुहरुलाई आवागमनमा अत्यन्त सजिलो भएको जिल्लाको बसबरिया गाउँपालिका ३ का सुनिल यादवले बताए । ‘पुल नहुँदा यस ठाउँमा आवातजावत गर्न असुरक्षित हुनुकासाथै पटक पटक लुटपाट र अप्रिय घटना समेत भएको उनले बताए ।
अहिले पुल बनेसंगै मानिसको आवागमन बढेपछि ढुक्कसंग हिडडुल गर्न पाएका छन्’ । पुल निर्माण कार्य लगभग पुरा जस्तै भएपनि दुवै तर्फ राम्रोसंग माटो नभरेकाले वर्षाको समयमा आवागमनमा समस्या भएको स्थानीयले बताए ।