वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराईरहेका घाइतेलाई भट्न पुगेका हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई र वडाध्यक्ष शेष महबुब रेजा ।

लालबन्दी,साउन १८—सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख (मेयर) गणेश प्रसाद प्रसाईले जंगली हात्तीको आक्रमणबाट घाईते भएका बाबा भनिने इब्राहिमकोे सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएका छन् ।
वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका घाइते इब्राहिमलाई भेट्न ट्रमा सेन्टरमै पुगेका मेयर प्रसाईले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्था मिलाउने बताएका हविन ११ का वडाध्यक्ष शेष महबुब रेजाले बताए ।
मानसिक सन्तुलन ठिक नभएका घाइते इब्राहिमलाई साउन ११ गते सोमवार जिल्लाको बागमती नगरपालिका–४ स्थित रेल्वे लिक नजिकै जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका बाबा भनिने इब्राहिमको नमुना अस्पताल, हरिवनमा सामान्य उपचार पछि थप उपचारका लागि वडाध्यक्ष महबुबको नेतृत्वमा नारायणी उप–क्षेत्रिय अस्पताल,विरगञ्ज लगिएको थियो ।
त्यहाँ उनको उपचार हुन नसकेपछि इब्राहिमलाई काठमान्डौँको ट्रमा सेन्टरमा लगिएको थियो । जंगली हात्तीको आक्रमणबाट .कान र खुट्टामा गम्भिर चोट लागेका मानसिक सन्तुलन ठिक नभएका घाइतेको घर कहाँ हो भन्ने अझै थाहा हुन सकेको छैन । आफ्नै नगरपालिकामा क्षेत्रमा बस्दै आएकाले मानवीय धर्म सम्झेर उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाको तर्फबाट बेर्होन लागिएको नगरप्रमुख प्रसाईले चियोचर्चो खबरलाई बताए ।
सर्लाहीमा लामो समय देखी बस्दै आएको जंगली हात्तीको आक्रमणबाट अहिले सम्म दुई जनाको ज्यान गएको छ,भने एक दर्ज बढि घरमा क्षति पुगेको छ । जंगली हात्तीले भौतिक तथा मानविय क्षेति गर्दा पनि हात्तीलाई उसको बासस्थानमा फर्काउन पहल नभएको भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् ।