ईश्वरपुर,साउन १६— समाजसेवि मनोज आचार्यले सर्लाहीको ईश्वरपुर नगरपालिका भित्रका सम्पूर्ण क्लबलाई खेलकुद सामग्री प्रदान गरेका छन् । समाजसेवि आचार्यले शनिवार एक कार्यक्रमका बिच नगर भित्रका १५ वटै वडाका विभिन्न क्लबलाई खेलकुद सामग्री प्रदान गरेका हुन । नेपाली काँग्रेशका नेता समेत रहेका समाजसेवि आचार्यले नगरभित्रका क्लबहरुलाई फुटबल, भलिबल, जर्सी तथा स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरे ।
नेता आचार्यले गत वैशाखमा अखिल नेपाल फुटबल संघले सातदोबाटोमा गरेको छनौटमा सर्लाहीबाट एन्फामा पर्न सफल सर्लाहीका खेलाडि शिव थिङ, दिपेश दुम्जन र डम्बर वि.कलाई ५÷५ हजार नगद तथा प्रशिक्षक रोजित केसीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरे ।
खेल सामग्री तथा आर्थिक अभावका कारण कसैले पनि खेलकुद क्षेत्रबाट पलायन हुन नपरोस् भन्ने उद्देश्यले खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको समाजसेवि आचार्यको तर्क छ ।
कार्यक्रममा ईश्वरपुर नगरपालिका–१२, गुईडुङ गाँउ सडक सञ्जालको पहँुचबाट टाढा हुदाँ स्वास्थ्य उपचारका लागि अस्पताल सम्म आउन समस्या भईरहेको भन्ने थाहा पाएकाले आफुले गुईडुङका लागि बिरामी बोक्ने स्ट्रेचर ४ थान प्रदान गरेको समाजसेवि आचार्यले चियोचर्चो खबरलाई बताए ।
कार्यक्रममा आचार्यले केही दिन पहिले हात्तिको आक्रमणबाट घरमा क्षति भएका ईश्वरपुर नगरपालिका–१४ श्रीनगरका चार परिवारलाई खाद्यान्न सामग्री सहयोग गरे ।
कार्यक्रममा बोल्दै समाजसेवि आचार्यले ईश्वरपुर नगरपालिका–४, सागरनाथका घरबारविहिन एक परिवारलाई घर बनाईदिने समेत घोषणा गरेका छन् । सन सागरनाथ युवा क्लब सागरनाथको आयोजनामा भएको कार्यक्रममा क्लबका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षता रहेको थियो ।
कार्यक्रममापूर्व खेलाडि जित बहादुर राना , भुमि अधिकारकर्मी मदन विश्वकर्मा , शिक्षक महासंघका केन्द्रीय सदस्य उपेन्द्र कार्की तथा सञ्चारकर्मी प्रकाश मैनाली लगायतले समाजसेवि आचार्यले ईश्वरपुर नगरमा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । खेल सामग्री प्राप्त भएपछि खेल क्षेत्रको विकासमा थप योगदान पुग्ने कार्यक्रममा उपस्थित खेलाडिहरुले विश्वास गरेका छन् । समाजसेवि आचार्यले विगत २ वर्षदेखि ईश्वरपुर लगाएत जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक कामहरु गर्दै आएका छन् ।