
लालबन्दी,साउन १६—सर्लाहीको लालबन्दी ६ मा शुक्रवार साँझ स्थानीय र प्रहरी बिच भएको झडप पछि पक्राउ परेका आफ्ना नेताको रिहाईको माग गर्दै ईलाका प्रहरी कार्यालय लालबन्दी अगाडि धनार्मा बसेका विद्याथी (स्थानीय) युवाले धर्ना स्थगित गरेका छन् ।
ईलाका प्रहरी कार्यालय लालबन्दीमा स्थानीय जनप्रतिनीधि,विद्यार्थी नेताहरु र अस्पताल सञ्चालकहरुको सर्वपक्षिय छलफल पछि प्रहरी नियन्त्रणमा रहेका अनेरास्ववियुका केन्द्रय सदस्य रमेश घिमिरेसहित अन्य ३ जनालाई छाड्ने सहमति भएसंगै अनेरास्ववियुका विद्यार्थीहरुले धर्ना स्थगित गरेका विद्याथी नेता एवम् लालबन्दी ६ का वडाध्यक्ष उज्वल कार्कीले चियोचर्चो खबरलाई जानकारी दिए । धर्नामा सहभागि विद्यार्थीहरुले केहिवेर ईलाका प्रहरी कार्यालय लालबन्दी अगाडि नाराबाजी गरेका थिए ।
छलफलमा लालबन्दीस्थित मोडेल अस्पतालमा भएको घट्नाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने, लालबन्दीमा रहेका सवै अस्पतालहरु निर्बाध सञ्चालन गर्न दिने र प्रहरी नियन्त्रणमा रहेका अनेरास्ववियुका केन्द्रीय सदस्यसहित ४ रै जनालाई छाड्ने सहमती भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
बिहिवार मोटरसाईकलबाट लडेर सामान्य घाउँ लागि लालबन्दीस्थित मोडेल अस्पतालमा टेटनसको सुई लगाउन पुगेका स्थानीय विवेक बानियाकी २१ व्र्षिय श्रीमती करुणा बानियालाई सामान्य सोधपुछ पनि नगरि रेवीजको सुई दिएको भन्दै स्थानीय आक्रोसीत भएका थिए ।
यता अस्पताल प्रशासनले भने कुकुर जुधिरेहेको र एक्कासी आएर चिथोरेकाले रेवीजको सुई लगाईदिन भनेर घाईतेहरु आएको बताए । डक्टर इमेरजेन्सिमा भएको बेला सुई लगाईदिन भनेको र डक्टरले सात दिन पछि लगाउदा पनि हुन्छ भन्दाभन्दै नमाने पछि सुई लगाईदिएको अस्पतालका सञ्चालक रामचन्द्र सिंह कुश्वाहको भनाई छ । सुई लागाए पछि भोलिपल्ट आएर आफ्ना ४ जना कर्मचारी माथि हातपात गरेकोे उनिहरुको दाबी छ । यसको प्रमाण आफुहरुको सिसिटिभी फुटेज सुरक्षित रहेको अस्पताल प्रशासनको दाबि छ ।
अनेरास्ववियुले शुक्रवार साँझ आफ्ना केन्द्रिय सदस्य रमेश घिमिरे लगायतलाई भएको प्रहरी आक्रमणलाई अपराधीक मानसिकताको पराकाष्ठा भनेको छ । एक अर्का बिच मतभेद रहदा सैदान्तिक, बैचारिक बहस को माध्यमबाट समाधान गर्ने बाटो रहदा पनि बल प्रयोग गरि मरणासन्न हुने गरि भएको सुनियोजित आक्रमण लोकतान्त्रिक बिधिको उपहास भएको उल्लेख गरेको छ ।
अनेरास्ववियुका केन्द्रिय सदस्य रमेश घिमिरे लगायतलाई निसर्त रिहाइ गर्न आफुहरु सफल भएका उल्लेख गदै निर्दोष माथी प्रहरी दमन कहिले सम्म भन्दै प्रश्न गरेका छन् । उनिहरुले यस्ता मुद्दामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आगामी दिनमा थप आवाज उठाउने उल्लेख गरेका छन् । केन्द्रिय सदस्य रमेश घिमिरे लगायत प्रहरी नियन्त्रणबाट छुटेपछि विद्यार्थीहरुले उनिहरुलाई फुल माला लगाईदिदै प्रहरीको बिरोधमा नाराबाजी गरेका थिए ।