प्रहरी नियन्त्रणमा रहेका युवा ।

लालबन्दी,साउन १५—सर्लाहीको लालबन्दी ६ मा शुक्रवार साँझ स्थानीय र प्रहरी बिच झडप भएको छ । मोटरसाईकलबाट लडेर सामान्य घाउ लागि लालबन्दीस्थित मोडेल अस्पतालमा टेटनसको सुई लगाउन पुगेका स्थानीय विवेक बानियाकी २१ व्र्षिय श्रीमती करुणा बानियालाई सामान्य सोधपुछ पनि नगरि रेवीजको सुई दिएको भन्दै स्थानीयल आक्रोसीत भएका हुन ।
आफ्नो श्रीमती गर्भवती पनि रहेको र आस्पतालले सोधपुछै नगरी रेवीजको सुई लगाईदिएको भन्दै आफुहरुले प्रहरीमा उजुरी गरेको भएपनि त्यसको सुनुवाई नभएको बोरु आफुहरु माथि प्रहरीले दुव्र्यवहार गरेको पारिवारीक श्रोतको दाबी छ ।शुक्रवार आफुहरुलाई प्रहरीले बोलाएको भएपनि अस्पताल प्रशासन छलफलमा नआएको उनिहरुको भनाई छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका आनुसार आफुले दुवै पक्षलाई १० बजे छलफलमा बोलाएको भएपनि पीडित पक्षका मानिसहरु २ बजे आएका र अस्पताल पक्षका १० बजेनै आएर गएकाले छलफल हुन नसकेको हो । आईतावार उनिहरुलाई पुन ः छलफलमा बोलाईएको छ ।
अस्पतालका चिकित्सकमाथी स्थानीय युवाहरुले आक्रमण गरेपछि आस्पताल प्रशासनबाट सुरक्षाको माग भएको र नियन्त्रण गर्न खोज्दा आफहरुसंग झडप भएको प्रहरी निरीक्षक थापाको भानई छ । स्थिती नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेपछि मात्र भिड नियन्त्रण भएको प्रहरी निरीक्षक थापाको भानई छ ।
प्रहरीको बल प्रयोगबाट पछि हटेका स्थानीयले केही पर पुर्व–पश्चिम राजमार्गमा टाएर बालेर राजमार्ग अवरुद्ध पारेका थिए । झडपमा कोही घाइते भए नभएको अहिलेसम्म जानकारी नआएको प्रहरी निरीक्षक थापाले बताए ।
अस्पतालले गलत गरेको भए माथिल्लो निकाएमा उजुरी गरि कार्वाही गाराउने बाटो हुदाँहुदै पटक पटक आक्रमणमा उत्रनु दुःखको बिषय भएको प्रहरी निरीक्षक थापाको भनाई छ । प्रहरीले अनेरास्ववियुका केन्द्रय सदस्य रमेश घिमिरेसहित अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।
मध्यस्थ कार्ताको भुमिका निर्वाह गर्न पुगेका अनेरास्ववियुका केन्द्रय सदस्य रमेश घिमिरेलाई प्रहरीले निर्घात पिटेको पारिवारीक श्रोतको भनाई छ । श्रोतका अनुसार घिमीरे टाईफाईको औषधी खाईरहेका बिरामी हुन ।