लालबन्दी,साउन १५— पार्टीको केन्द्रय निर्देशन विपरीत क्रियाशील सदस्यता वितरण भएको भन्दै आमरण अनशनमा बसेका नेपाली कांग्रेस सर्लाहीका नेता राम गोविन्द रायले अनशनमा बसेको ९ औँ दिन बिहिवार जुस खाएर अनशन तोडेका छन् ।
क्रियाशिल सदस्यता सम्बन्धि सर्लाहीको ४ वटै क्षेत्रमा देखिएको विवाद समाधान गर्न माग गर्दै अनशनमा बसेका रायलाई नेपाली काँग्रेशका सह–महामन्त्री डा.प्रकाश शरण महतले जुस खुवाएर अनशन तोडाएका हुन ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता विवाद समाधानका लागि पूर्व पार्टी पदाधिकारी बैठकको निर्णय अनुसार नेता डा. राम शरण महत र डा. प्रकाश शरण महत रहेको वार्ता टोली गठन गरेका छन् । नेता डा.प्रकाश शरण महतले क्रियाशिल सदस्यता वितरण विवादको विषयमा विधि विधान अनुसार वितरण भए नभएको एकिन गरी क्रियाशिल सदस्यता समायोजन गर्ने र केन्द्रको निर्देशन अनुरुप माग सम्बोधन गर्ने बताए पछि रायले अनशन तोडेका हुन ।
अनशनमा बसेका नेता रायसँग विवाद समाधानका लागि आफूँले शुक्रबार (आज) बस्ने पार्टी पदाधिकारी बैठकमा कुरा राख्ने नेता महतले लिखित प्रतिबद्धता समेत जनाएका पूर्व जिल्ला सभापति लक्ष्मण रायले जानकारी दिए ।
क्रियाशील सदस्यता विधि विधान अनुसार वितरण गर्न माग गर्दै नेता राय नेपाली कांग्रेस सर्लाहीका पूर्व साभापति लक्ष्मण राय लगाएतका नेताहरु काठमाण्डौंमा धर्नामा बसेका थिए । जिल्लाका पूर्व सभापति सत्यदेव सिंह दनुवार, जिल्ला सचिव नवीन अधिकारी, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिनेश मिश्र लगायतका नेताहरु काठमाण्डौंमा धर्नामा बसेका थिए ।