लालबन्दी,साउन १५—दिनमा २० औं पटक विद्युत् कटौती हुन थाले पछि हरिवनका यूवा आन्दोलित भएका छन् । पटक पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएका हरिवनका स्थानीयले बिहिवार प्रदर्शन गरेका । प्रदर्शनमा उत्रियका यूवाहरुले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गमा अन्तर्गत सर्लाहीको हरिवन सडक खण्डमा १३ मिनेट चक्काजाम गरेर नाराबाजी समेत गरेका थिए ।
छिनछिनमै विद्युत कटौती हुनेर कम भोल्टेजका कारण विद्युतिय सामाग्री बिग्रीएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हरिवनका युवा युवराज भण्डारीले चियोचर्चो खबरलाई जानकारी दिए ।
ईलाका प्रशासन कार्यालय हरिवन मार्फत प्राधिरणलाई ज्ञापनपत्र पठाएका यूवाहरुले समस्या समाधानमा प्राधिरणले चासो नदिए आकस्मिक आन्दोलमा जान बाध्य हुने ज्ञापनपत्र मार्फत चेतावनी दिएका छन् ।
विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र प्रमुख सुधिर रायले आझै यो समस्या समाधान हुन दुई साता जति लाग्ने बताए ।
उनका अनुसार ढल्केवर ग्रीडको सवस्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीको विद्युत आपुर्तीमा समस्या भएको हो । चपुरबाट ल्याईएको प्रशारण लाईनको कन्डक्टर क्षमता भन्दा बढी करेन्ट प्रवाह हुदाँ ओभरलोड भएका कारण विद्युत् आपूर्तिमा समस्या भएको छ ।
याता लालबन्दीका युवाहरुले शुक्रवार (आज) एघार बजे अघोषित लोडसेडिङको बिरोधमा र्यालीसहित प्रदर्शन गर्ने भएका छन् । जनवादी चोकबाट सुरु हुने र्याली बिधुत प्राधिकरण लालबन्दी सम्म पुगेर ज्ञापनपत्र बुझाउदै सकिने बताईएको छ ।