डुबेर मृत्यु भएका आमा र बच्चाकाे शव । तस्बिर चियाेचर्चाे खबर ।

मलंगवा ,साउन १३ —सर्लाहीको ब्रह्मपुरीमा पोखरीमा डुबेर आमा र २ बच्चाको ज्यान गएको छ ।
डुबेर ज्यान जानेमा ब्रह्मपुरी गाउँपालिका वडा न– ३ का संजिव कापरकी श्रीमती रितेवा देवी कापर २ वर्षीया छोरी र एक नवजात शिशु रहेका छन् ।
स्थानीयका अनुसार मानसिक अवस्था ठिक नरहेकी मृतक महिला नवजात शिशुसहित २ वर्षीया छोरीलाई साथमा लिएर मध्य रातमा हराएकी थिईन । ९ दिन अघि जन्मिएको छोरा र छोरीका साथ हराएकी उनको गाउँमै रहेको सुर्य वंशी पोखरीमा डुबेर मृत्यु भएको आवस्थामा गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
श्रीमती र छोरा छोरी हराएपछि खोजिमा निस्किएका भनिएका श्रीमान संजिव कापर पनि सम्पर्क बिहिन भएका प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याईएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।