कृष्ण थपलिया/बागमती, साउन ११–प्रदेश नं. २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले नेपाल कृषि प्रधान देश नभई किसान प्रधान देश रहेको बताएका छन् । मन्त्री साहले गत आर्थिक वर्षको १० महिनामा नेपालीले ३२ अर्बको चामल किनेर खाएको बताए । नेपाल कृषि प्रधान देश भएको भए सरकारले ३ प्रतिशत मात्र लगानी गर्थाे भन्दै मन्त्री साहले प्रश्न गरे ।
अहिले पनि प्रदेशका २७ प्रतिशत जमिनमा मात्र सिंञ्चाई सुबिधा पुगेकाले सिंञ्चाईको व्यवस्था गर्न को लागि आफुले काम गर्ने बताए ।
सर्लाहीको बागमती—१० शंकरपुरमा सोमवार आधुनिक कृषि यन्त्र (कष्टम ह्यारिङ्ग सेन्टर) स्थापनाको उद्घाटन गर्दै मन्त्री साहले सेन्टरको स्थापनाले किसानको लागत मूल्यमा ३५ देखी ४५ प्रतिशत सम्म घट्ने बिस्वास व्यक्तगरे ।
प्रबिधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्न सक्ने मन्त्री साहले बताए । यहाँका ८० प्रतिशत नागरिक कृषिमै आश्रीत भएकाले यसको बिकाशमा आफुले काम गरिरहेको बताए ।
मन्त्री साहले प्रदेश नं. २ मा ७ हजार सहकारी संस्था रहेकाले यसलाई उत्पादनको क्षेत्रमा लगाउन सरकारले लगानी गर्ने बताए ।
आफुहरुले अहिले पनि दुध किसानलाई प्रति लिटर २ रूपैया अनुदान दिएको बताउदै परम्परागत खेती प्रणालीमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । मन्त्री साहले उत्पादन र प्रसोधनकना लागि लगानि गर्ने बताए । प्रदेश सरकार दक्ष जनशक्ति अभावमा अप्ठयारोमा परेको बताउदै अहिलेको ४५ प्रतिशत जनशक्तिले काम गर्न सहज नभएकाले चाडै प्रदेश लोकसेवा मार्फत त्यसको परिपुर्ति गरिने बताए । रासायनिक मलको अभावलाई परिपूर्ति गर्न आफुले पहल गर्ने बताउदै मन्त्री साह अहिले ३५ सय बोरा रासायनिक मल आएकाले सर्लाहीमा अलि बढि पठाउन आफुले प्रयास गर्ने मन्त्री साहले बताए ।
सर्लाहीको कष्टम ह्यारिङ्ग सेन्टरमा प्रदेश सरकारले प्रदेशमै ठुलो लगानि गरेकाले यसलाई प्रदेशकै नमुना बाउन आग्रह गरे ।
प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले बिकसित मुलुकमा ३ प्रतिशत नागरिकले खेति गरेर त्यहाँका सवै नागरिकले खाएर बढिभएको अन्न अन्य मुलुकमा बेच्ने गरेको बताउदै नेपालमा पनि कृषिमा यान्त्री करण गरेर उत्पादन बढाउनु पर्नेमा जोड दिए ।
बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले राजनीतिमा ठुलै क्रान्ति भएपनि कृषि क्रान्ति हुन नसकेको बताए । सरकारले रासायनिक मल सहज रुपमा उपलब्ध गराउन नसक्दा याहाँका किसान भारतबाट लुकिछिपी मल ल्याउन बाध्य भएकाले किसानको जनजिबिकासंग जोडिएको बिसषय मलको सहजरूपमा उपलब्ध गराईदिन मन्त्री साहलाई आग्रह गरे ।
बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले उत्पादनले सहि मूल्य नपाएकाले किसानहरू पछि रेको बताउदै उत्पादित बस्तुको बजारिकरणमा जोड दिईन ।
कृषि उत्पादनको हिसाबले सर्लाहीको सानुपन्जाब भनेर चिनिने बागमती( १० शंकरपुरका किसान खेती गर्नका लागि आधुनिक कृषि यन्त्र पाउँदा हर्षित भएका छन् । चर्को मूल्य तिरेर हलो गोरु र ट्याक्टरका भरमा खेती गर्दै आएका किसानले कृषि यन्त्र पाएपछि खेती गर्न सजिलो हुने भन्दै खुसी ब्यक्त गरेका छन ।
किसानको खेतीपातीमा सहुलियत होस् भन्ने उदेश्यले प्रदेश २ सरकार कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको साना किसान कृषि सहकारकी संस्था अध्यक्ष कमल कुमारी पोख्रेलले बताईन ।
२ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैया ७४ पैसाको लागतमा यन्त्र खरिद गरि कष्टम ह्यारिङ्ग सेन्टर स्थापना गरेको अध्यक्ष पोख्रेलको भनाई छ । जसमा निर्देशनालयले १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया ६९ पैसा अनुदान दिएको छ । संस्थाले बाँकी रकम १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैया ५ पैसा लगानी गरेको अध्यक्ष पोख्रेलको भनाई छ ।
सेन्टरमा ६ थान ट्याक्टर, २ थाल पावर टेलर, २ थान माटो मिलाउने, २ थान मिनी टेलर, ५ थान मकै रोप्ने मेशिन, ५ थान टूली, १ थान कम्बाइन्ड हाबेष्टर, २ थान बोरा सिलाउने मेशिन, ४ थान रोटा भेटर, १ थान एम्बी प्लग, ४ थान डिक्स ड्यारो, ६ थान कल्टी भेटर, १ थान धानको बिउ राख्ने मेशिन, २ हजार थान प्लाष्टिक टूे, १ थान स्टार रिपर, १ थान धान रोप्ने मेशिन, १ थान रिपर एक र एउटा मेशिन राख्ने ट्रस्ट छ । सहकारी संस्थाले किसानलाई खेतपाती गर्नमा सहयोग पुगोस् भनेर कष्टम ह्यारिङ्ग सेन्टरको स्थापना गरेपछि शंकरपुरका किसान खुसि भएका छन् । उद्घाटन कार्यक्रममा कृषि विकाश निर्देशनालयका प्रतिनिधि डा. रत्न कुमार झा, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेब प्रसाद कुशवाहा लगायत अन्य संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।कर्यक्रम सञ्चालन भुवन निरौलाले गरेका थिए ।