सर्लाही,साउन १०—जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका अध्यक्ष र उपाध्यक्षसहित अन्य ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौंमा नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सर्लाहीका अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले पार्टीमा स्वागत गरे । स्वागत गर्दै पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने बताउँदै समान व्यवहार गरिने बताए । मन्त्री पाण्डेले पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।
ने