भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, कृषि थोक बजार लालबन्दीको प्रवेश द्वार समुद्धघाटन पछि मन्तव्य राख्दै ।।

लालबन्दी, साउन ७—प्रदेश नं.२ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सर्लाहीको लालबन्दी क्षेत्रका किसानको समस्यालाई मध्यनजरगर्दै २५ देखी ५० मीट्रिक टन क्षमताको शीत भण्डार निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री साहले शीत भण्डारको अभावमा यहाँका किशानले दुई चारदिन पनि तरकारी होल्ड गर्न सक्ने अवस्था नरहेको आफुले पाएको बताउदै उत्पादित तरकारी खेर फाल्नु पर्ने अवस्थाको अन्त्य गर्न आफुले चालु आर्थिक वर्ष भित्रै शीत भण्डार निर्माणका लागि बजेट उपलब्द गराउने बताए ।
सर्लाहीको लालबन्दीमा बिहिवार (आज) कृषि ज्ञान केन्द्र सर्लाहीको कृषि हाट बजार सुदृढीकरण सहयोग कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदान सहयोग निर्मित कृषि थोक बजार लालबन्दीको प्रवेश द्वार समुद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री साहले सोकुरा बताएका हुन ।


मन्त्री साहले कृषिको आधुनिकीकरणका लागि कृषि यन्त्रहरुमा प्रदेश सरकाले सहयोग गरिरहेको बताए । कृषि क्षेत्रको बिकाशको लागि ५० प्रतिशत अनुदानमा सञ्चालन हुने कार्यक्रकहरुमा कतिपय पालिकाले चासोनै नदिएका बताए ।
कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुङ्गेलीले तरकारीको सहर भनेर चिनिने लालबन्दीलाई अझै ब्यबस्थीत र आधुनिकिकरणमा प्रदेश सरकारको सहयोग रहनुपर्नेमा जोड दिईन । अकी प्रदेश सभा सदस्य सन्च माया माेक्तानले कृषि क्षेत्रकाे बिकाशमा आफ्नाे सधै सहयाेग रहने बताइृन ।लालबन्दी नगरपालिका का मेयर मानबहादुर खड्काले लालबन्दीको थोक तरकारी बजार व्यवस्थीत र वैज्ञानिक बनाउन सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्दै ,पछिल्लो समय किसानको उत्पादन लागत बढेकाले किसानलाई उत्पादन मै अनुदानको व्यवस्था मिलाउन मन्त्री साहलाई आग्रह गरे ।
लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण कुमार जोशी लगाएतका बक्ताहरुले तरकारी उत्पादनको केन्द्रकै रुपमा बिकाश भएको लालबन्दीको बिकाशमा प्रदेश सरकारको सहयोग रहनुपर्नेमा जोड दिए ।
लालबन्दीका कृषि ज्ञान केन्द्र सर्लाहीको कृषि हाट बजार सुदृढीकरण सहयोग कार्यक्रम अन्तर्गत २५ लाख र कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको १५ प्रतिशत लागत सहभागितामा थोक बजार क्षेत्रमा प्रवेश द्वार निर्माण, कृषक चौतारो निर्माण तथा ब्लक ओच्छाउने काम समपन्न भएको छ ।