हरिपुुर, साउन ६—सर्लाहीको हरिपुरमा पोखरीमा डुबेर मानसिक सन्तुलन ठिक नएका एक पुरुषको ज्यान गएको छ । मंगलवार रातीबाट बेपत्ता हरिपुर–४ हरैयाका अन्दाजी ३० वर्षीय दिपेन्द्र माझी बुधवार बिहान घर नजिकै रहेको पोखरीमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
स्थानीयले उनिलाई गए साँझ अत्याधिक मादक पदार्थ सेवन गरेर मातिएको अवस्थामा पोखरीको डिलमा देखेको बताए थिए । स्थानीयको भनाईको आधाारमा बेपत्ता माझीको प्रहरी टोलीले पोखरीमा जाल हानी खोजतलास गर्दा माझीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतककको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।