चन्द्रनगर, साउन,४—सर्लाहीको चन्द्रनगरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई टेवा नामक गैर सरकारी संस्थाले विशेष पोषण प्याकेज प्रदान गरेको छ ।
भोरको पहल र टेवाको सहयोगमा कोभिड १९ दोस्रो लहरमा पछि गर्भवती महिलाहरुमा पोषण युक्त खाद्यान्नको आवश्क्ता मध्यनजर गर्दै विशेष पोषण प्याकेज प्रदान गरिएको हो ।
पोषण प्याकेजमा सुत्केरी महिलाहरुलाई आवश्यक १२ प्रकारका खाधान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री रहेको छ । जसमा एक क्यारेट अण्डा, स्याउ,दुई किलो अनार, दुई किलो नुन, पांच किलो पिठो, एक किलो छोकडा, हरियो तरकारी, स्वायबिन, दाल, साबुन र मास्क रहेको छ । प्राप्त गर्नेमा पालिकाको वडा नम्बर १, ४ र ५ अन्तर्गत किसनपुर, रतनपुर, फरिद टोल, मोहनपुर र पोखरीया टोलका १ सय २० गर्भवती तथा सुत्केरी महिला रहेका भोरका अध्यक्ष पचुलाल माझीले जानकारी दिए ।
भोरका कोषाध्यक्ष उमेश कुमार साहका अनुसार लामो समयको निशेधाज्ञा पछि गर्भवती तथा सुत्केरी महिलाहरुलाई कुपोषणका कारण जोखिम बढेकोले भोरको पहलमा टेवाले विशेष पोषण प्याकेज प्रदान गरेको हो ।