बागमती, साउन ३ –शनिवार तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगरको शव आइतवार साँझ साँढे ५ बजे फेला परेको छ । बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका मगरको शव साँढे २५ घण्टापछि आईतवार साँझ फेला परेको हो । मगर शनिवार अपरान्ह ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए ।
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको कमाण्डमा, नेपाल प्रहरी,नेपाली सेनाका सेनानि सुरेन्द्र भण्डारीको कमाण्डमा नेपाली सेना ,सशस्त्र प्रहरी बल र स्थानीयको सहभागितामा खोजतलास गर्दा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शनिवार अपरान्ह तालमा डुबेर बेपत्ता युवाको नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरीले र स्थानीयले निरन्तर खोजतलास गर्दा पनि फेला पार्न नसके पछि, आइतवार पनि खेजिकार्यलाई निरन्तरता दिईएका र शव फेला परेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । लामो समय बित्दा पनि मगरको अवस्था थाह हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाए पछि मगरकोे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक मगरसँगै माछा गर्न गएका अन्य भने बाच्न सफल भएका छन् ।