बागमती, साउन २ — नेकपा (माओवादी केन्द्र) सर्लाहीले जिल्लाबाट जनयुद्धका क्रममा २०५५ साल कार्तिक १० गते पहिलो शहीद भएका इन्द्र कोइरालाको परिवारलाई ४ कोठे पक्की घर बनाईदिने भएको छ । श्रीमान इन्द्रले सहादत प्राप्त गरेपछि दुई छोरा दुई छोरीकी आमा लक्ष्मी कोइराला माईतीको सहारामा बस्दै आएकी छिन् । उनको सम्पतिको नाममा केहिपनि नरहेको वाईसीएल प्रदेश कमिटी संयोजक एवम् आवास निमार्ण समिती संयोजक शन्देस श्रेष्ठले चियोचर्चो खबरलाई जानकारी दिए ।
निर्माणाधीन भवनको शनिवार (आज) माओवादी केन्द्रका जिल्ला संयोजक एवम् केन्द्रीय सदस्य अचुतम प्रसाद काफ्लेले शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा सर्लाही क्षेत्र नं. ३ (ख) का प्रदेश सभासदस्य डिल्लि प्रसाद उप्रेती , नेकपा (माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकी बागमती नगरपालिका मेयर भरतकुमार थापा बरहथवा नगरपालिका मेयर देवानन्द महतो लगाएतको सहभागिता रहेको संयोजक श्रेष्ठले बताए ।
भवनको अनुमानीत लागत मूल्य २१ लाख रहेको संयोजक श्रेष्ठले बताए । पार्टीका जिल्ला कमिटी सदस्य,केन्द्रिय सदस्य, चुनाव जितेका जनप्रतिनिधिहरुबाट स्वैच्छिक चन्दा संकलन गरेर भवनको निर्माण सम्पन्न गरिने संयोजक श्रेष्ठको भनाई छ । भवन निर्माणका लागि बागमती नगरपालिकाले वडा नं.—१२ बथानेमा जग्गा उपलब्ध गराएको संयोजक श्रेष्ठले जानकारी दिए । कोइरालाले सहादत प्राप्त गरेकै दिन कार्तिक १० गते उनकी श्रीमती लक्ष्मी कोइरालालाई भवन हस्तान्तरण गरिन संयोजक श्रेष्ठले जानकारी दिए ।