लालबन्दी,असार २९ — नेपाली कांग्रेसका सन्त नेता स्वर्गीय रामहरि जोशीको वार्षिक पुण्य तिथिको अवसरमा मंगलवार (आज) लालबन्दी—२ स्थित पद्म भुवनेश्वरी वृद्धाश्रममा भोजन गराईएको छ ।
आफ्ना स्वर्गीय दाजु सन्त नेता जोशीको पुण्य तितिमा मलंगवा नगरपालिका घर भइर हाल ललितपुरमा बसोवास गर्दै आएका ध्रुव जोशी र उनकी पत्नी वीणा जोशीले आश्रममा आश्रीत वृद्धवृद्धाहरुलाई भोजन गराएका हुन ।
बिगतका वर्षमा जस्तै यसवर्ष पनि जोशी दम्पतीले आश्रममै आएर विहानको मिष्ठान भोजनको प्रवन्ध मिलाएका आश्रामले जनाएको छ । आश्रममै पुगेर भोजनको प्रवन्ध गरेकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइराला तथा व्यवस्थापक भवानी कोइरालाले धन्यवाद् ज्ञापन गरेका छन् ।
आश्रममा हाल ४६ जना वृद्धवृद्धाहरु आश्रित छन् । विभिन्न उत्सव, तिथि,वार्षिक पुण्यतिथि, लगाएतमा मनकारी महानुभावको सहयोगले आश्रममा आश्रित वृद्धवृद्धालाई भोजनको प्रवन्ध हुनेगरेको आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।