हतियारसहित पक्राउ परेका तीन युवक ।

मलंगवा, असार २७ – ब्रम्हपुरीबाट हतियारसहित पक्राउ परेका तीन युवकलाई आईतवार (आज) सर्लाही प्रहरीले सार्वजनिक गरेको छ । शुक्रवार साँझ सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२, बाट पक्राउ परेका उनीहरुलाई आज दिउँसो जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी सार्वजनिक गरिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थप गरेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी¬) सन्तोष सिंह राठौरले जानकारी दिए ।
एसपी¬ राठौरका अनुसार रमेश मण्डलले मोटरसाइकल चलाएको र अरु दुई जना पछाडि बसेर हिँडिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई हतियारसहित पक्राउ गरिएको थियो । हतियार बोकेर हिँड्निुको कारण बारे बुझन् अनुसन्धान भईरहेको एसपी¬ राठौरले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रम्हपुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुराकीको आधारमा उनिहरुलाई ब्रम्हपुरी÷मोहनपुर सडक खण्डबाट हतियारसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरका २३ वर्षीय रमेश मण्डल, १९ वर्षीय राहुल भन्ने इवरान रायभाट र सोही ठाउँका २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर रहेका छन् । उनीहरुको साथबाट म्याग्जिनसहितको मेड ईन इटाली लेखिएको दुई थान पेस्तोल र दुई थान म्याग्जिन, १७ राउण्ड गोली, बीआर ३० एक्स ६०११ नम्वरको २२० सी.सी.को एक थान पल्सर मोटरसाइकल र तीन थान मोवाइल सेट बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका तीनै जना अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका छन् ।