
बसन्त लामा / बारा,
निजगढ,असार २६—बारfको निजगढ नगरपालिका सिंगौल स्थित धन्सार सिंचाईमा निर्माण गरिएको अव्यवस्थित बाँधका कारण असारको अन्तिम साता बित्नै आट्दा पनि यहाँका किसानले धानरोप्न पाएका छैनन् ।
सिंचाईको मुख्य स्रोत धन्सार खोलाबाट सिंचाई सुबिधा लिईरहेका सिंगौलका अधिकांस किसान आफ्नो जिविकोपार्जनको मुख्य स्रोत नै सुख्खा भएपछि निरास भएका हुन । धान रोपाईको मुख्य सिजनमा कुलोमा कमिला हिड्न थालेपछि आफुहरुलाई समस्या परेको निजगढ नगपालिका वडा नं.१ सिंग्रौलका किसान बताउछन् ।
निजगढ नगरपालिका वडा नम्बर १ २ र ३ का किसान परम्परागत धान खेति छाडेर केरा खेतिमा लागेकाले धन्सार सिंचाईको व्यवस्थित बाँध निर्माण हुन नसकेको स्थानीयको बुझाई छ । यहाँका जनप्रतीनिधि, बुद्धिजीबी तथा राजनीतिक दलका कार्यकर्ताले समेत व्यवस्थित बाँध निर्माणमा चासो नदिएका स्थानीयको गुनासो छ ।
व्यवस्थित बाँध नभएकै कारण धन्सार सिचाई बाट सिंचाई गर्न प्रयाप्त पानी नहुने भएकाले सिंगौलको साविक वडा नम्बर ४ ५ ६ ७ र ८ का स्थानीय केहि बर्ष अघि देखी परम्परागत खेति छाडेर केरा खेतिमा अग्रसर भएका हुन ।
बिगतका वर्षहरुमा स्थानीयले वनबाट स्याउला काटेर माटो भरेर अस्थाई बाँध निर्माण गरि सिंचाईको प्रवन्ध मिलाउने गरेको भएपनि अहिले भने त्यो सम्भव नरहेको स्थानिय बताउछन् । पछिल्लो समय सिंगौलको केहि जनप्रतीनिधिको पहलमा यहाँका किसानले स्काइभेटर लगायर बाँध बाधी रोपाई गरिदै आएका थिए । धन्सार खोलाको सिरमा पानी परेपछि आउने बाढीले बाध भत्काउने गरेकाले आफुहरु ठुलो मारमा परेको स्थानीय किसान बताउछन् । मुस्किलले बनाएको बाँध बाढीले बगाए पछि कहिले काहिँत जोतिरहेको ट्याक्टर समेत रोकेर बाँध लग्न बाध्य हुने गरेको स्थानीय किसान माया लामा बाताउछीन ।
अस्थाई बाँधकै कारण सधै स्काभेटर माग्न जनप्रतीनिधि गुहार्नु पर्ने अवस्था भएको निजगढ नगरपालिका वडा नम्बर १ की किसान माया लामाको गुनासो छ । धन्सार सिंचाईको समस्या समाधानको लागि निजगढ नगरपालिकासंग सिंगौलका जनप्रतीनिधिले पहलै नगरेकाले समस्या समाधानमा सम्वन्धित निकाएले चासो नदिको श्रोत बताउँछ । सिंगौलमा अन्य बिकासका गतिबिधी सुचारु भए पनि किसानको जनजीविकोसंग जोडिएको मुख्य विषयमा खासै चासो नदिनु दुःखको विषय भएको स्थानीय बताउ छन् ।