लालबन्दी,असार २०—सार्लाहीको लालबन्दी ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईतवार (आज) बिभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको छ । प्राप्त स्वास्थ्य सामग्रीहरुमा मास्क ११ हजार पिस, पिपिई ३० थान, थर्मल गन १० वटा, अक्सोमिटर १० वटा ,लाईफबोई साबुन १ काटुन, लिक्विड ह्यान्ड वास २४ थान ,सेनिटाइजर २० लिटर, सोडियम हाइड्रोक्लोराइड २० लिटर,एन्टिजेन किट ५० पिस,फेससिल्ड १ सय पिस , के.एन ९५ मास्क २ सय पिस रहेका छन् । उक्त स्वास्थ्य सामग्री काठमाण्डौं लाजिमपाटमा रहेको राईट टु स्टडी नेपाल नामक संस्थाका प्रतीनिधि पुरन डंगोलले लालबन्दी ९ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद घिमिरेमार्फत हस्तान्तरण गरेका स्वर्णिका श्रेष्ठ स्मृती प्रतिष्ठानका संरक्षक श्याम श्रेष्ठले चियोचर्चो खबरलाई जानकारी दिए । उक्त स्वास्थ्य सामग्री आफ्नै पहलमा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई प्राप्त भएको श्रेष्ठले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा रेडक्रस सोसाइटी लालबन्दीका उप—सचिव कृष्ण भण्डारी , लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका अधिकृत सुदिप काफ्ले, डा.चन्दन चौधरी,कोभिड अस्पताल व्यवस्थापक धुर्ब केसी,स्वास्थ्यकर्मी दिपेश पाख्रिन, सितल पौडेल, कृष्ण बहादुर राउत, ललेन्द शाह लगाएतको उपस्थिति रहेको श्रेष्ठले बताए ।