रानीगंज, असार १९ – शुक्रवार राती ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको रानीगंजमा चालकको मृत्यु भएको छ । दुर्घटना परी ट्याक्टरका चालक लालबन्दी नगरपालिका–१६, परवानिपुरका ४० वर्षीय रामहरि कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ त ८६२४ नम्वरको आफ्नै ट्याक्टर सर्भिसिङ गरेर घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
शुक्रवार राती साँढे ९ बजे कार्कीले चलाएको ट्याक्टर अनियन्त्रिच भई रानिगन्ज चौकबाट करिव दुई सय मिटर उत्तर तर्फ परवानितपुर जाने बाटोमा रहेको ११ हजार भोल्टको बिजुलीको पोलमा गएर ठोक्किएको थियो
ट्याक्टरले ठक्करबाट बिजुलीको पोल भाँचिएको र चालक कार्कीलाई करेन्ट समेत लागेको प्रहरीले जनाएको छ । खबर पाउनसाथ घटनास्थलमा पुगेको प्रहरीले कार्कीलाई रानिगन्जमा सामान्य उपचार गराई थप उपचारका लागि लालबन्दीतर्फ ल्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा परेको ट्याक्टर ईलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ । भाँचिएको बिजुलीको पोल भने प्रहरी, विद्युत्का कर्मचारी र स्थानीयले मर्मत गरी विद्यूत सूचारु गरेका थिए ।