संग्रामपुर स्थित दशगजामा रहेको जंगे पिलर हेर्दै प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ तथा सुरक्षा अधिकारीहरु ।

कृष्ण थपलिया

सर्लाही, असार १७—कहिले दुर्घटनामा परेका व्यक्तिको उद्धार त, कहिले स्वर्गीय रामनारायण मिश्र(बाबा)को शालिक सरसफाई अनि कहिले समाजसेवीको सम्मान प्रदेश नं. २ मा प्रमुख भएर आए पछि यस्तै रचनात्मक काममा जुटिरहेका छन्, प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ । प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बुधबार दिनभर सर्लाही स्थित नेपाल भारत सीमा क्षेत्रमा हिलाम्मे बाटोको प्रवाहनै नगरी सीमा स्तम्भको स्थलगत अवलोकन जुटे ।

उनि बिच बिचमा सुरक्षा अधिकारीलाई भनिरहेका थिए,’‘सीमा स्तम्ब दुरुस्त हुदाँ दुई देश बिचको सम्बन्ध पनि दुरुस्त हुन्छ,’ हामि यस बिषयमा सचेत रहनु पर्छ ।

प्रदेश प्रमुख कार्यालयका सचिब ध्रुव गैंडा, नेपाल प्रहरीका प्रदेश दुई प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकार, सशस्त्र प्रहरी बलका प्रदेश दुई प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई साथमा लिएर प्रदेश प्रमुख झा दिनभर सर्लाहीको दक्षिण पूर्वी क्षेत्र संग्रामपुर देखि पश्चिम मधुवनी नाकासम्मको सिमाक्षेत्र निरीक्षणमा जुटे ।

निरीक्षणमा नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल १० नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिपकुमार सिंह, नेपाली सेना भैरवी दल गण मलंगवा गुल्मका गुल्मपति सेनानी श्याम थपलिया, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।विभिन्न मिडियाले प्रदेश दुईमा भारतले सिमा मिचिएको लगायत बिबिध समस्या औंल्याएपछि प्रदेश दुईको अभिभावकको हिसाबले प्रदेश प्रमुखबाट सर्लाही स्थित नेपाल भारत सीमाक्षेत्रको स्थलगत अवलोकन भएकाे प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैंडाले बताए ।


उनका अनुसार भारतीय सिमाक्षेत्रमा अतिक्रमणको अवस्था, स्थानीय बासिन्दालाई आईपरेका समस्या तथा बाढी र डुबानको अवस्था बारेमा बुझ्नका लागि माननीय प्रदेश प्रमुखज्यूबाट स्थलगत भ्रमण भएको हो ।

‘विभिन्न मिडियामा आएजस्तो सिमा अतिक्रमणमा ठूलो समस्या नदेखिए भए पनि सर्लाही स्थित दशगजामा दुवै देशको तर्फबाट नभई नागरिक स्तरबाट अव्यवस्थित बसोबास एवं दशगजा क्षेत्र प्रयोग भएको पाईएको सचिव गैंडाले बताए । कतिपय ठाउँमा भने पिलरहरु पुननिर्माण, मर्मत संभार लगायत गर्नुपर्ने अवस्था रहेको सचिव गैंडाले बताए । आपसी समझदारीमा यसको व्यवस्थपान गर्नुपर्ने उनको भनाई छ ।

समा क्षेत्रको निरीक्षणका क्रममा प्रदेश प्रमुख झाले नेपाल र भारत दुवै देशका नागरिकसँग त्यहाँकाे अवस्थाका बारेमा जानकारी समेत लिएका थिए । प्रमुख झाले वर्षाले डुबानको समस्या झेलिरहेका भाँडसर क्षेत्रको निरीक्षण एवं डुबान प्रभाबित स्थानीय बासिन्दाको गुनासो सुनेका थिए ।

प्रदेश प्रमुख झा लगाएत स्थलगत निरिक्षणमा रहेका शुरक्षा अधिकारी तथा सञ्चारकर्मीले सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीमा आँप लिच्ची लगायत फलफूलका विरुवा समेत रोपेका थिए ।

स्थलगत निरिक्षणका क्रममा प्रदेश प्रमुख झाले संग्रामपुर नाका, त्रिभुवननगर नाका, भाँडसर नाँका, खुटौना नाका, सिमरा फेनरा नाका र मधुवनी नाका स्थित दशगजामा रहेको जंगे पिलर तथा साना,मझौला पिलरहरुको निरीक्षण गरेका थिए । सर्लाही स्थीत सीमा क्षेत्रको लम्बाई ५१ किलोमिटर मात्र भएपनि मंगलवार राती भएको विर्षाका कारण हुलाकी एवं सीमा क्षेत्र पुग्ने सहायक बाटोहरु क्षतविक्षत भएका कारण प्रदेश प्रमुख झा कतिपय ठाउँमा १ किलोमिटर भन्दा बढी बाटो पैदलै हिड्नु परेको थियो ।

साँझ सशस्त्र प्रहरी बल हरिवन वेसक्याम्पमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले प्रदेश प्रमुख झालाई दोसल्ला आडाई सम्मान गरेका थिए । प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ मंगलवार साँझनै जनकपुर फर्केका छन् ।