कृष्ण थपलिया
बागमती,असार १५—ठुलो तामधामका साथ सर्लाही लगाए देशका बिभिन्न ठाउँमा धान दिवस मनाईएको भएपनि जिल्लाका धेरै जसो किसानले यस वर्ष असारको दोश्रो साता बित्दा पनि धान रोप्न पाएका छैन्न् ।
धान रोप्न पर्याप्त वर्षा नभएको समयमा पनि सर्लाही र रौतहटमा सिँचाई सुविधा पु¥याउदै आएको बागमती सिँचाई आयोजनाले नहरमा पानी नछाड्दा यस क्षेत्रका किसान निराश भएका छन् । आयोजनाले नहर तथा व्यारेजको ढोका मर्मतको काम भईरहेको भन्दै असारको दोश्रो सातामा पनि नहरमा पानी नछाड्दा किसान निरास भएका दिपज्योती जल उपभोक्ता समिति बगमती १२ कर्मैयाका अध्यक्ष दिपककुमार राणभाटले चियोचर्चो खबरलाई जानकारी दिए । यस विषयमा बुझ्न आयोजना प्रमुखलाई पटकपटक फोन गर्दा पनि उनको फोन उठेन ।
सर्लाही र रौतहटका हजारौ हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याउँदै आएको आयोजनाले पानी नछाडे पछि धान रोप्न लगाएको व्याड खेतमै बुढो हुने चिन्ताले सताएकोहो बगमती नगरपालिका वडा नं.११ पशुपति नगरका किसान तिलक खड्काले बताए । बागमती सिँचाई आयोजनाबाट सर्लाहीमा २८ हजार र रौतहटमा २३ हजार हेक्टर खेतीयोग्य जमिन सिन्चीत हुने गरेको छ । समयमै मर्मत संम्भारको काम नगरेर खेतीको मुख्य समयमा मर्मत सम्भारको बहानमा पानी नछाडेपछि आफुहरुलाई ठुलो समस्या पर्ने गरेको किसानहरु बताउछन् । सबैको ब्याड तयार भए पछि एकै पटक पानी छाड्दा रोपारहरु पाउनै गाहे हुने र बुढो ब्याड रोप्दा उत्पादनमा समेत कमि आउने किसानहरुको भनाई छ ।
सिँचाई आयोजनाले समयमा नहरमा पानी नछाड्दा मध्य तराईको अन्नको भण्डार मानिने जिल्लाको दक्षिण— पश्चिमी क्षेत्रका हज्जारौ किसान अन्योलमा छन् । जिल्लाका कतिपय किसानले भने भूमिगत सिंचाई, नदी, पोखरी, तलाउ, कुलोबाट पम्पसेटको साहरामा केही समय अघी पाक्ने जातका धान रोपेका छन् । आकाशे वर्षाकै भरमा धान रोप्दै आएका किसानले भने पर्याप्त वर्षा नहुँदा धान रोप्नै पाएका छैन्न । ठूलो वर्षा नभए धानको ब्याड त्यसै खेरजाने होकी भन्ने उनिहरुको चिन्ता छ ।