जानकीनगर क्षेत्रबाट वृक्षारोपण कार्यको शुभारम्भ गर्दै, प्रदेश नं. २ का वन तथा वातावरण मन्त्री राम नरेश राय र डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देव ।

लालबन्दी,असार १४— प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले सोमवार (आज) वृक्षारोपण कार्यको शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय सर्लाहीले आयोजना गरेको वृक्षारोपण दिवस समारोहको अवसर पारेर प्रमुख आतिथि समेत रहेका प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले जिल्लाको जानकीनगर क्षेत्रबाट वृक्षारोपण कार्यको शुभारम्भ गरेका हुन । दिवसकै अवसरमा आजै लालबन्दीको लालबन्दी साझेदारी वन क्षेत्रका खाली परती जमिनमा पनि विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।


सरकारी,सामुदायिक, साझेदारी र निजी वनमा वृक्षारोपण गर्न यस वर्ष ७ लाख बिरुवा निःशुल्क वितरणको लक्ष्य राखेको डिभिजन वन कार्यालय सर्लाहीले, यस वर्ष आफैले २० हेक्टर भन्दा बढी खाली जमिनमा वृक्षारोपण गर्ने, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले चियोचर्चो खबरलाई जानकारी दिए ।
प्रमुख देवका अनुसार जिल्लाको जानकीनगर क्षेत्रमा १० हेक्टर, लालबन्दी साझेदाी वन क्षेत्रमा डेढ हेक्टर ,कौडेना वडा नं ४ सक्रौल क्षेत्रमा साढे ६ हेक्टर बागमती नगरपालिकाको हजरीया क्षेत्रका समुदायिक वनमा ८ हेक्टर र अन्य बिभिन्न सामुदायिक वनमा गरि २९ हेक्टर खाली परती जमिनमा वृक्षारोपण गर्ने लक्षरहेको छ । मसला, खयर,अर्जुना, लगाएत बिभिन्न प्रजातिका बिरुवाहरु रोप्नको लागि तयारी अवस्थामा रहेको र अव चडै सवै क्षेत्रमा रोपिने प्रमुख देवले बताए । नगरपालिका, समुदायिक संस्था,तथा निजीस्तरबाट वृक्षारोपण गर्न चाहनेलाई पनि निःशुल्क विरुवा प्रदान गरिने डिभिजन वन कार्यलय लालबन्दीले जनाएको छ । ५० वटा सम्म विरुवा लिन चाहनेले डिभिजन वन कार्यलयमा निवेदन दिएर लिन सक्ने र सोभन्दा बढि विरुवा चहनेले जग्गको लालपूर्जाको प्रतिलिपीका साथ निवेदन दिएमा निःशुल्क विरुवा प्राप्त गर्न सक्ने डिभिजन वन प्रमुख देवले जानकारी दिए ।