ईश्वरपुर,असार १२—नेकपा एमाले सर्लाहीले ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्यामा संलग्नलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेको । एमाले जिल्ला अध्यक्ष रेबती पन्तले शनिवार (आज) शोक बक्तब्य जारी गर्दै दोषि जोसुकै भए पनि हदैसम्मको कार्वाही गराउन पार्टीले निरन्तर निगरानी गर्ने उल्लेख गरेका छन् । हामी स्थानीय प्रशासनलाई अनुसन्धानमा कुनै पनि खालको कमजोरी नगर्न सचेत गराउदै चाडै दोषिलाई सार्वजनिक गर्न माग गर्दछौ बक्तब्यमा भनिएको छ ।
शोक बक्तब्यमा ईश्वरपुर नगरपालिका वडा नम्वर ३ का निर्वाचित वडा अध्यक्ष तथा सामाजिक व्यक्तीत्व सुर्य कुमार श्रेष्ठको हत्या भएको घटनाले पार्टी मर्माहत भएको उल्लेख गरिएको छ । बक्तब्य मार्फत वडाध्यक्ष सुर्य कुमार श्रेष्ठप्रति श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवार, पार्टी पंक्ति एवं स्थानीयवासीमा धैर्यधारणा गर्ने शक्तिको लागि कामना गरिएको छ । वडा अध्यक्ष जस्तो लोकप्रिय जनप्रतिनिधिको हत्या हुनुले शान्ति सुरक्षाको अवस्थामा समेत गम्भिर रुपमा प्रश्न उठेको बक्तब्यमा भनिएको छ । हत्या जस्तो गम्भिर अपराधको घटनालाई सामान्य रुपमा नलिन स्थानीय प्रशासनलाई सचेत गराउछौ बक्तब्यमा भनिएको छ । “कमरेड सुर्य प्रसाद श्रेष्ठ सकृय र मसिनो ढंगले काम गर्ने लोकप्रिय जनप्रतिनिधि हुनुहुन्थ्यो” ‘अध्यक्ष पन्तद्वारा जारी गरिएको बक्तब्यमा भनिएको छ’, । अप्रत्यासित रुपमा भएको हत्याले कमरेड सुर्य प्रसाद श्रेष्ठका धेरै सपना अधुरा रहेकछन । ती अधुरा सपना पुरा गर्न र उहाँका योगदानलाई चिरस्थायी राख्न पार्टी प्रतिवद्धता व्यक्त गर्दछ बक्तब्यमा भनिएको छ ।
नेकपा एमाले सर्लाहीद्वारा जारी शोक बक्तब्य :—
विभिन्न शैक्षिक एवं सामाजिक संघ सस्थामा संलग्न ५५ वर्षिय श्रेष्ठका धर्मपत्नी एवं तीन सन्तान छन । आजै इश्वरपुरमा भएको अन्तिम श्रद्धान्जली कार्यक्रममा एमाले अध्यक्ष रेवती पन्तले पार्टीको झण्डा ओढाएर श्रेष्ठप्रति अन्तिम श्रद्धान्जली दिएका थिए । श्रेष्ठको भक्तिपुरस्थित दुर्गा मन्दिर नजिकैको पोखरी किनारमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा स्थानीयको ठुलो सहभागिता रहेको थियो । अन्त्यष्टि कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, विघटित प्रतिनिधि सभाका सदस्य प्रमोद साह र ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा लगाएतले स्वर्गिय श्रेष्ठप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
श्रेष्ठको शुक्रवार राती जेसिबीको बकेटले ठक्कार दिएर हत्या गरिएको थियो । घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका वडा नं.१ हजार बिघाका ४० वर्षीय रविन भनिने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । घट्नाहुनु अघि खाजा खादा संगैरहेका ४ जना मध्या एक पोखरी ठेकेदार ईन्दल सहनी भने फरार रहेका छन् । फरार रहेका सहनीको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।