ईश्वरपुर,असार १२–सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रवार राती जेसिबीको बकेटले ठक्कर दिएर हत्या गरिएको छ । राती ११ बजेसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबी ठेकेदार ईश्वरपुर ३ भक्तिपुरका ३१ वर्षीय प्रेमराज दाहाल, सोहीठाउँका पोखरी ठेकदार अन्दाजी ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हरिपुर नगरपालिका वडा नं.१ हजार बिघाका ४० वर्षीय रबिन तामाङले स्थानीय होटलमासंगै खाजा खाएका र राती १० बजे खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको अनुसान्धान बाट खुलेको छ । विवाद पछि जेसिबीले ठक्कर दिई हत्या गरिएको प्रहरीले जनाएको छ ।
विवाद पछि पनि वडाध्यक्ष श्रेष्ठ भक्तिपुर स्थीत बाध टाेलमा रहेको पुरानो बाध पोखरीको स्तरोन्नति गर्ने काम भइरहेको ठाउँमा पुगेका थिए । पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाई माटोले पुरेको अवस्थमा भेटिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । घटना नियोजित नभई आवेशमा आई भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक राठौरको भनाई छ ।
घट्नाको जानकारी प्राप्तहुन साथ प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल मलंगवा पुर्याएको भएपनि राती २ बजेर १० मिनेट जादा चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक राठौरले बताए । घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका वडा नं.१ हजार बिघाका ४० वर्षीय रविन भनिने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।
दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान ५ः५० बजे लालबन्दीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए । ईन्दल सहनी भने फरार रहेका छन् । फरार रहेका सहनीकाे खाेजिकार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे हिरासतमा राखिएको छ । घटना लगत्तै प्रहरी उपरीक्षक राठौरको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलमा खटिएको थियो । अन्जादी ५५ वर्षीय मृतक वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । घट्ना पछि जिल्लाका कृयाशील राजनीतिक दलका नेता—कार्यकर्ताहरुले सामाजीक सञ्जाल मार्फत शोक वक्तव्य जारी गर्दै घट्नाको निस्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
Home मुख्य समाचार जेसिबीको बकेटले ठक्कर दिएर वडाध्यक्ष श्रेष्ठको हत्या , संलग्न रहेको आरोपमा ठेकेदार...