लालबन्दी,असार १०— नेपाली कांग्रेसले लालबन्दी नगरपालिकाद्वारा बिहिवार (आज) आयोजित छैठौं नगर सभा बहिष्कार गरेको छ । समुदायको आवश्यकता भन्दा पनि व्यक्तिले कसरी पैसा बचत गर्न सक्छ , आफ्ना कार्यकर्ताले कसरी नाफा कमाउन सक्छन् , भन्नेतर्फ बजेट केन्द्रित रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । नगर सभाको शुभारम्भमै समय लिएर बल्दै नेपाली कांग्रेसका तर्फबाट निर्वाची लालबन्दी १७ रानीगंजका वडाध्यक्ष नवराज अधिमकारीले नगर सभा बहिष्कार गरेको घोषणा गरेका हुन । कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्षहरुले नगर सभा बहिष्कार पछि कांग्रेस लालबन्दी नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत बहिष्कारको घोषणा बारे जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा नगर सभापति प्रशान्त आचार्यले कोभिडका कारण चरम आर्थिक संकट भोगेका लालबन्दीका व्यापारीहरुको हितमा बजेटमा व्यवस्था नभएकाले अभिलम्ब व्यवस्था गर्न मागगरे । जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरको कुनै पनि किसिमको हरहिसाब, महालेखाको बेरुजु र पेश्की हिसाब सार्वजनिक नगर्नुले शंका उब्जाएको बताए । जारी प्रेस विज्ञप्तीमा कोरोना महामारीमा भएको खर्च तथा अनुदान सहयोग आदिको पारदर्शी पूणर् सार्वजनिक गर्न, आफैले निर्माण गरेको नियम विपरीत कार्यकर्ता एवं आफ्ना निकटका विचार समूह र आस्थाका व्यक्ति तथा संस्थालाई कृषि, बीउ बिजन, विषादी एवं मलखादको बिक्री अनुमती तत्कालै खारेज गरी नियम अनुसार बिक्री वितरणको व्यवस्था मिलाउन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिब जनतासँग मेयर, लक्षित बर्गसँग उपमेयर आदि कार्यक्रमको उपलब्धि र औचित्यसहित भएको खर्च र आम्दानी सार्वजनिक गर्न भनिएको छ ।शिक्षा, स्वास्थ्य, नागरिकको जीवन रक्षा, जीविकोपार्जन, स्थानीय सरकारसँगको सहज पहुँच तर्फ ध्यान केन्द्रित गर्न र चुनाव केन्द्रित नभई आवश्यकता केन्द्रित बजेट निर्माण गर्न, स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गरी जनहितकारी समन्वयात्मक एवं सार्वजनिक महत्वको कार्यमा ध्यान दिन पनि कांग्रेस नगर समितिले नगरपालिकालाई आग्रह गरेको छ । यसैगरी, सँगै सुरु गरिएको छिमेकी नगरपालिकाको भवन निर्माण भएर प्रयोगमा आइसके पनि लालबन्दी नगरपालिकाको भने हालसम्म भवन निर्माण नहनु आश्चर्यजनक रहेको भन्दै यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्न पनि कांग्रेसले पत्रकार सम्मेलन मार्फत माग गरेको छ ।
पत्रकार सम्मेलनमा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्र नं.१ का क्षेत्रीय सभापति प्रमोद बराल, नगर प्रमुखका प्रत्यासी द्वोय कुवेर आचार्य र इन्द्र योन्जन, नगर सभापति आचार्य, कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरु वडा नं. ९ का गोपालप्रसाद घिमिरे, वडा नं. १० का टोपबहादुर श्रेष्ठ, वडा नं. १७ का नवराज अधिकारी लगायत पार्टीका अन्य नेता कार्यकर्तारुको उपस्थिति रहेको थियो । अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
यस्ता छन् लालबन्दी नगरपालिकाका मेयर मान बहादु खड्काद्वार प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रमहरु :—