बागमती, असार १०—सर्लाहीको बागमतीमा सडक बनाउन खनेको खाल्टोमा जमेको पानीमा डुबेर बुधवार साँझ एक बलकको मृत्यु भएको छ ।
काभ्रे घर भई बगमती नगरपलिका ६ पर्ताटोल मामा चन्द्र बहादुर तामाङको घरमा बस्दै आएका देब राज योन्जनको अन्दाजी ६ बर्षीय छोरा एलेक्स तामाङको डुबेर मृत्यु भएको हो ।बालक खेल्दै जाने क्रममा मामा घरबाट २०० मिटर उत्तर तर्फ रहेको सडक बनाउन खनेको खाल्टोमा जमेको पानीमा डुबेको छिमेकीले देखेका प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा उपचारको लागि बरहथवामा रहेको भेन्स अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।