
लालबन्दी, असार ९—जंगली हात्तिको आक्रमणबाट सर्लाहीको श्रीनगरमा एक पुरुषको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका १३ श्रीनगरका ५५ वर्षिय रामआषिस महतोको मंगलवार राति १ः३० बजे जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको हो । सख्त घाईते महतोको लालबन्दीमा रहेको मोडेल हस्पिटलमा उपचारको क्रम्मा ज्यान गएको प्रहरीले जनाएको छ ।
विगत डेढ महिनादेखि जिल्लाको जंगल क्षेत्रमा बस्दै आएको तीनवाटा हात्तीले यस अघि भौतीक क्षती गर्नेगरेको भएपनि गए राति भने मान्छेको ज्यानै लिएको छ । हात्ति चार/पाचदिन देखि श्रीनगर क्षेत्रमा बसेको मृतकका छिमेकी बिजयकुमार सिंहले बताए । हात्तिले गए राति रामआषिसका छोरा बुहारी सुत्ने घरको बाँसको टाटी च्यातेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आतिएर काराएका र छोरा बुहारीलाई के भयो भनेर अर्को घरमा सुतेका रामआषिस बाहिर निस्किदा हात्तिले रामआषिसलाई समातेर घर भन्दा १५ मिटर पश्चिम रुखको ठुटामा लगरेर पछारेको छिमेकी सिंहले चियोचर्चो खबरलाई बताए ।
पछि थाल ठटाएर हल्लाखल्ला गर्न थाले पछि हात्तिले रामआषिसलाई छाडेको भएपनि उको कन्पट्टी,छातिमा , ढाडमा गम्भिर चोट लागेको र आफ्नो ढाड भाचिएको मृतकस्वयंमले भनेका छिमेकी सिंहले बताए । मृतक महतोलाई स्थानीय चिकित्सकले दुखाइ कमगर्ने औषधि दिएपछि लालबन्दी स्थित मोडल हस्पिटलमा ल्याईएको भए पनि उनको बिहानी पख ३ बजेर ३० मिनेट जादा मृत्युभएको उनका छोरा शैलेन्द्र महतोले बताए । महतोको मृत्यु पछि स्थानीय आतंकित भएका छिमेकी सिंहले बताए ।
हात्तिलाई उसको सुरक्षित बासस्थानमा फर्काउनको लागि आफुहरुले मातहतका निकाएलाई पत्राचारा गरेको भएपनि हात्ति एकै ठाउँमा नबस्ने भएकाले समस्या भएको डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधव प्रसाद देवले बताए । घटना भईसकेकाले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार पिडित हकवालाले मृतकको फोटो, मृत्यु दर्ता प्रमाणपत्र ,पोष्टमार्टम रिर्पोट,गाउँ/नगरको सिफारिस,नाता प्रमाणित कागजात र उपचार गराएको भए सरकारी अस्पतालको सिफारिस र प्रमाणित बिल संलग्न रहेको कागजात साथमा लिई ३० दिन भित्रमा सम्पर्क गरे १० लाख सम्म क्षतिपूर्ती स्वरुप राहत सहयोग प्राप्त गर्न सक्ने प्रमुख देवले बताए ।