मलंगवा,असार ७—“सुस्वास्थ्यका लागि योगा ”भन्ने नाराकासाथ सोमवार (आज) सर्लाहीमा पनि सातौं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा भएको कार्यक्रममा योगको महत्व बारे प्रकाश पारिएको थियो । कार्यक्रम उद्घाटन सत्र पछि सहभागिलाई आशन र प्राणायामहरु बारे जानकारी गराईएको थियो । कार्यक्रममा सहभागिहरुले आयुर्वेद प्रमुख नंदकिशोर कुशवाहालाई दैनिक रुपमा योगाभ्यास गराउन आग्रहगरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ , मलंगवा नगरपालिकाका मेयर निरसल साह, सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, मलंगवा स्थित नेपाली सेनाका प्रमुख , जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नवल किशोर झा, जिल्ला स्थित विभिन्न संघसंस्थाका प्रमुख , नागरिक समाजका अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको नागरिक समाज सर्लाहीका महासचिव शिव चन्द्र चौधरीले जानकारी दिए।